बाख्रापालन र बेमौसमी तरकारी खेतीमा वादी महिला

बेदकोट:कञ्चनपुर भीमदत्त नगरपालिका-९ मटेनाका वादी परिवार पहिले महाकाली नदी बगरमा गिट्टी र बालुका चालेर गुजारा गर्थे । वादी बस्तीका युवा रोजगारीका लागि भारत जान्थे । महिला र वृद्धवृद्धा घरखर्च चलाउन महाकालीको बगरमा गिट्टी र बालुका चाल्नुको विकल्प थिएन ।

अहिले भने यी वादी परिवारहरु गिट्टी र बालुवाको काम छाडेर अन्य पेशामा आबद्ध हुन थालेका छन् । सीपमूलक तालिम सिकेर उनीहरु आयआर्जनमा जोडिदै गएका हुन् । पछिल्लो समय उनीहरु बाख्रापालनसँगै बेमौसमी तरकारी खेतीमा आबद्ध हुन थालेका छन् । यसैबाट वादी परिवारले घरखर्च जोहो गरिरहेको माया वादीले बताउनुभयो ।

“पहिले महाकाली नदी किनारमा गिट्टी कुटेर घरखर्च चलाउने गर्थे तर अहिले अवस्था फेरिएको छ”, उहाँले भन्नुभयो, “विभिन्न सीप सिकेर आयआर्जनमा महिला जोडिदै गएका छन् ।”

आयआर्जनमा मात्रै होइन वादी समूदायका महिलाहरु सामाजिकरुपमा सशक्त पनि बन्दै गएका छन् । अहिले बादी समूदायका महिलाले समूह गठन गरेर बचतसँगै सस्तो ब्याजदरमा ऋण लगानी पनि गरिरहेका छन् ।

“चार वर्षअघि हिमाल महिला सशक्तिकरण केन्द्र गठन गरेर पैसा बचत गर्ने गरेका छौँ, अहिले २७ हजार बचत पुगेको छ,” केन्द्रकी संयोजक कल्पना वादीले भन्नुभयो, “आवश्यक परेका व्यक्तिलाई सस्तो व्याजदरमा ऋण पनि दिने गरेका छौँ ।”

समूह गठन गर्दा परिचयसम्म दिन नसक्ने महिला अहिले आप्mना समस्या पनि सहजै भन्नसक्ने भएको उहाँको भनाइ छ । विभिन्न सङ्घ संस्थाले समूह बनाएर आयआर्जनका लागि भन्दै बाख्रा वितरण गर्दा वादी महिलालाई आयआर्जनमा जोडिन सहयोग पुगेको उहाँको भनाइ छ ।

वादी महिला बाख्राका लागि खोर निर्माण गरेर व्यवस्थित ढङ्गले बाख्रा पालनमा लागेका छन् । “विभिन्न तालिमबाट सीप सिकेर बाख्रालाई घाँस दाना खुवाउनदेखि उपचारआदीका विषयमा जानकार भएका छन्,” कल्पनाले भन्नुभयो, “यसले पनि हामीलाई सघाएको छ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?