किसानको उत्पादन कुहाएर शीतभण्डार अलपत्र अवस्थामा

कटारी:उदयपुरको कटारी नगरपालिका–४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ ।

कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले रु १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र अवस्थामा पुगेको हो । हेल्भेटास नेपाल र कटारी नगरपालिकाको ५०÷५० प्रतिशत गरी रु १८ लाख लागतमा कृषिउपज परिसरसँगै निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन रहेको हो ।

वडाध्यक्ष भूपेश तामाङका अनुसार कार्यविधि नै नभएकाले यसलाई प्रयोगमा ल्याउन सकिएको छैन । “यसपटक बल्ल कार्यविधि बनाइसकेको छ, अब कार्यपालिका बैठकले पारित गरेपछि प्रयोगमा ल्याउने तयारीमा छौँ”, नगरपालिकाको विधान समितिका संयोजकसमेत रहनुभएका वडाध्यक्ष तामाङले भन्नुभयो, “यो कटारीकै महत्वपूर्ण शीतभण्डार हो यसलाई प्रयोगमा ल्याउन पहल गरिरहेका छौँ ।”

सामान्य ट्रस भवन निर्माण गरेर खुल्लै स्थानमा राखिएको शीतभण्डार आसपास झाडी पलाइसकेको छ । “यसको परीक्षणसमेत गरिएको छैन सञ्चालन हुन्छ हुँदैन थाहा छैन”, स्थानीय भरत खत्रीले भन्नुभयो, “अहिले कृषकले उत्पादन गरेको कृषि वस्तु भण्डारण गर्ने ठाउँ छैन शीतभण्डार बिग्रिसक्यो ।”

कटारी नगरको पहाडी भेगमा कृषकले उत्पादन गरेका कृषि उत्पादन भण्डारण गर्ने शीतभण्डार नहुँदा समस्या रहेको छ । पहाडी वडामा सुन्तला, डल्ले खुर्सानी, अदुवा विभिन्न तरकारीको व्यावसायिक खेती हुने गरेको छ तर शीतभण्डार नहुँदा समस्या छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?