झापामा कृषि प्रवर्द्धन गर्न रु १३ करोड लगानी

बनियानी: झापाका कृषि लक्षित करोडौँको कार्यक्रम सञ्चालनमा रहेका छन् । जिल्ला चालु आर्थिक वर्ष २०७९/८० मा रू १३ करोड २३ लाख ७५ हजार बराबरको विभिन्न ३० शीर्षकमा कृषि लक्षित कार्यक्रम सञ्चालन रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । तीमध्ये २७ कार्यक्रम प्रदेश नं १ सरकार अन्तर्गत र तीन सङ्घीय सरकार अन्तर्गतका रहेका छन् ।

कृषि क्षेत्रको प्रवर्द्धनका लागि अनुदान, प्रदर्शनी, तालिम, भण्डारण केन्द्र निर्माण, नमूना कृषि फर्म स्थापना लगायतका कार्यक्रम रहेको प्रमुख विष्टले जानकारी दिनुभयो । “११ कार्यक्रममा अनुदानका लागि लाभग्राही किसान, फर्म छनोट भइसकेका छन्”, उहाँले भन्नुभयो, “माघदेखि पुनः सूचना निकालेर कार्यक्रम अघि बढाउँछौँ ।” ठूला कार्यक्रमको छनोटकार्य सकिएको र चाँडै अनुदान वितरण गरिने उहाँले बताउनुभयो ।

जिल्लामा प्रदेश सरकार अन्तर्गत अलैँची प्रशोधनयन्त्र उपकरण खरिद अनुदानमा रू पाँच करोड, पुष्प खेतीका लागि नर्सरी स्थापनाका लागि रू चार लाख, मसिना तथा बास्नादार धान खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत रू १५ लाख, युवा लक्षित च्याउ मह तरकारी उत्पादन कार्यक्रमका लागि रू ३० लाख, प्याज उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि रू १० लाख, मागमा आधारित कार्यक्रमका लागि रू १५ लाख बजेट रहेको छ ।

त्यस्तै, नमूना कृषि फार्म स्थापना सहयोग अन्तर्गत २८ लाख, प्रङ्गारिक मल उत्पादन पूर्वाधार तथा यन्त्र उपकरण सहयोगका लागि रू एक करोड, सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरणमा सहयोगका लागि रू एक करोड, अदुवा प्रशोधन उद्योगयन्त्र उपकरण खरिद सहयोगका लागि रू ५० लाख, स्थलगत घुम्ती किसान तालिमका लागि रू एक लाख, विषादी खुद्रा बिक्रेता तालिमका लागि रू चार लाख ५० हजार, घुम्ती माटो परीक्षण शिविरका लागि रू एक लाख ३५ हजार, हाइब्रिड मकै खेती विस्तार आयोजनाका लागि रू ४५ लाख, हरियो मल प्रदर्शनी कार्यक्रमका लागि रू नौ लाख, घुम्ती प्रयोगशालामार्फत शिविर सञ्चालनका लागि रू चार लाख ५० हजार बजेट रहेको कार्यालयले जनाएको छ ।

यस्तै, माटो परीक्षण शिविर सञ्चालनार्थ रू दुई लाख ८० हजार, धान बालीमा यान्त्रिकीकरण प्रयोग प्रवद्र्धन कार्यक्रमका लागि रू १५ लाख, मकै बालीमा यान्त्रिकरण प्रयोग प्रवर्द्धन कार्यक्रमका लागि रू छ लाख, धानखेती नविनतम मेसिनरी प्रयोग प्रदर्शनका लागि रू १८ लाख, कृषियन्त्र उपकरण खरिदमा ब्याज अनुदानका लागि रू १० लाख, जुट खेती प्रवद्र्धन कार्यक्रमका लागि रू चार लाख, कन्काई सिञ्चाइ आयोजना क्षेत्रमा उन्नत कृषि प्रविधि प्रदर्शनका लागि रू पाँच लाख, जैविक विषादी उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि रू दुई लाख २५ हजार र विभिन्न स्थानमा प्लाण्ट क्लिनिक सञ्चालनका लागि रू चार लाख बजेट रहेको छ ।

यस्तै, सङ्घीय कृषि कार्यक्रम अन्तर्गत पुरानो ब्लक विकास कार्यक्रमको निरन्तरता (धान, केरा, मकै) का लागि रू ३९ लाख ३५ हजार, खाद्यान्न भण्डारण गृह निर्माणका लागि रू एक करोड ५० लाख र बीउ प्रशोधन पूर्वाधार/बीउ भण्डारण गृह निर्माणका लागि रू एक करोड ५० लाख बजेट रहेको केन्द्रले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?