विश्व मत्स्य/माछा दिवस

काठमाडौँ । नेपालमा उत्पादन भएका जिउँदो माछाको खपतमा वृद्धि भएको छ ।

उत्पादन बढेसँगै भारतबाट आयात गरिने माछामा कमी आएको नेपाल फिसिरिज सोसाइटीले जनाएको छ । विश्व मत्स्य दिवसको अवसरमा आयोजित कार्यक्रममा मत्स्य व्यवसायीले माछा पालनका लागि उपयुक्त नीति बनाउन सरकारलाई आग्रह गरेका छन् ।

नेपालमा पनि माछा पालन व्यसाय फस्टाउदै गएको र धेरै युवा माछा पालन व्यवसायमा लागेको व्यवसायीले बताएका छन् । माछा पालन व्यवसायले नेपालको अर्थतन्त्रमा पनि सकारत्मक प्रभाव पारेको व्यवसायीको दावी छ ।News24Nepal.TV

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments