आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ
काठमाडौँ:हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७९ माघ १७ गते (मंगलबार)
दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७९ माघ १८ गते (बुधबार)
दिउँसोː प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको र तराईका केही स्थानहरूमा बिहानीपख लाग्ने हुस्सु/कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।
