घाँस काट्न जाँदा अरिँगालको टोकाइबाट रामप्यारीको मृत्यु

दमक:झापामा अरिँगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । अरिंगालले टोकाइबाट घाइते बन्नुभएकी बाह्रदशी गाउँपालिका– ५ का ६० वर्षीया  रामप्यारी भुर्तेलको उपचारको क्रममा मृत्यु भएको हो ।

बिहीबार साँझ ५ बजे घरनजिकै घाँस काट्न जाँदा भुर्तेललाई अरिँगालको गोला खनिएको र टोकाइबाट घाइते बनेपछि उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको वडा सदस्य जय तिम्सिनाले जानकारी दिनुभयो । उपचारको क्रममा राति ११ बजे भुर्तेलको मृत्यु भएको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?