छुर्पी उत्पादन
वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लाग्नुभएका युवा दीपकुमार राई आफूले उत्पादन गरेको छुर्पी देखाउँदै । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा दूग्ध उद्योग सञ्चालन गर्दै आउनुभएका राई यो क्षेत्रमा उदाहरणीय बन्नु भएको छ । व्यवसायी राईले दैनिक २५० देखि ३०० लिटरसम्म दूध संकलन गर्दै आएको बताउनुभयो ।
