महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर

कञ्चनपुर, ७ जेठ :कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ तेस्रो चरण आयोजना अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रमा बनेको मूल नहर ।

राष्ट्रिय गौरवको आयोजनामा राखिएको तेस्रो चरण अन्तर्गत हाल २८ किलोमिटर मूल नहर निर्माण भई सकेको छ । यहाँ मूल र शाखा नहर निर्माणले तिव्रता पाएको छ । यो आयोजना सम्पन्न भए ३३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने छ ।

महाकाली सन्धी अनुसार नहरमा महाकाली नदीबाट भारतले पानी उपलब्ध गराउनुपर्ने छ । यहाँ नेपाल–भारत सीमासम्म १२ सय मिटर मूल नहर र हेडरेगुलेटर लगायतका संरचना भारतीय पक्षले निर्माण गरिसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments