ह्वात्तै बढ्यो हरियो लसुनको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ,भारतीय प्याज सुकेको ११२,चिचिण्डो २०,नेपाली गोलभेडा सानो प्रतिकेजी ३० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ८०,टनेल गोलभेडा सानो ३८,घिउ सिमी लोकल ७०,मुडे आलु रातो ६८,भारतीय आलु रातो ६४,लौका ४०,हरियो फर्सी डल्लो ३० रुपैयाँ,घिरौला प्रतिकेजी ७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ,राजा च्याउ २८०,कन्य च्याउ १२० रुपैयाँ,तने बोडी ७०,मकै बोडी ७०,बन्दा लोकल ४० रुपैयाँ,लोकल गाजर १२० रुपैयाँ, मूला रातो २८,लोकल मूला सेतो २० रुपैयाँ,भन्टा लाम्चो २० रुपैयाँ,भन्टा डल्लो ३०,तितो करेला ६० रुपैयाँ,ब्रोकाउली १३०,कागती २०० रुपैयाँ,भिण्डी ४० रुपैयाँ,लोकल काक्रो ६० रुपैयाँ,अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १४० रुपैयाँ,अनार ४०० रुपैयाँ,लोकल नासपाती १००,चाइनिज नासपाती २८०,नेपाली मेवा ५०,भारतीय मेवा १००,किवि ३०० रुपैयाँ,आभोकाडो २००,अम्बा ६०,तरबुजा ६०,फूजी स्याउ ३२० अमला ८०,मौसम १०० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी ४०० रुपैयाँ, चुकुन्दर ६०,लप्सी ३०,पिंडालू ५०,तामा ९०,स्कूस २०,रायो साग प्रतिकेजी ९०, पालूगो साग ९०,तोरीको साग ५०,प्याज हरियो २००,लसुन हरियो ३००,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ७०० रुपैयाँ ,रहु माछा ३३०,छडी माछा २३०,बचुवा माछा २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २६० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी १०० रुपैयाँ ,भेडे खु्र्सानी १२० रुपैयाँ,न्यूरो प्रतिकेजी ७० रुपैयाँ,टाटे सिमी ७०,लसुन सुकेको नेपाली २८०,चाइनिज लसुन सुकेको ३००,गुन्दुक प्रतिकेजी २५०,भटमासकोशा ८०,बरेला १३०,लोकल परवर ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?