दसैं सकिएसँगै घट्यो तरकारीको मूल्य,हेर्नुहोस् आजको माछा,फलफूल तथा तरकारीको मूल्य
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ,भारतीय प्याज सुकेको १००,नेपाली गोलभेडा सानो प्रतिकेजी ७० रुपैयाँ,भारतीय गोलभेडा ठूलो १३०,टनेल गोलभेडा सानो ८०,घिउ सिमी लोकल ६०,आलु रातो ८० रुपैयाँ,मुडे आलु रातो ७०,भारतीय आलु रातो ५८,लौका ४०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी ७० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ,कन्य च्याउ ११० रुपैयाँ,तने बोडी १२०,बन्दा लोकल ४० रुपैयाँ,मकै बोडी ५०,लोकल गाजर ९० रुपैयाँ, मूला रातो ४०,लोकल मूला सेतो ३० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ,भन्टा लाम्चो ३० रुपैयाँ,भिण्डी ५०,कागती २२० रुपैयाँ,लोकल काक्रो १०० रुपैयाँ,तितो करेला ६० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ,अनार ३८० रुपैयाँ, नेपाली मेवा ५०,भारतीय मेवा ९०,किवि ३३० रुपैयाँ,आभोकाडो २००,अम्बा ८०,फुजी स्याउ २६०,तरबुजा ८०,चाइनिज नासपाती २७०,अमला ५०,मौसम १०० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ४०० रुपैयाँ,चिचिन्डो २०,चुकुन्दर ९०,रायो साग प्रतिकेजी ९०,चमसुरको साग १५०,पालूगो साग ८०,प्याज हरियो २००,लसुन हरियो ३००,हरियो धनिया २०० रुपैयाँ,पुदीना प्रतिकेजी ९०० रुपैयाँ ,लप्सी ५०,पिंडालू ६०,तामा ९०,स्कूस २०,छडी माछा २४०,रहु माछा ३४०,बचुवा माछा २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २४० रुपैयाँ,खु्र्सानी सुकेको ४००, हरियो खुर्सानी १५०,भेडे खु्र्सानी २३० रुपैयाँ,लसुन सुकेको नेपाली ३००,चाइनिज लसुन सुकेको २८०,सेलरी ९००,पर्सले २५००,भटमासकोशा ८०,गुन्दुक प्रतिकेजी २५०,टाटे सिमी ८०,बरेला ९०,लोकल परवर ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
