भटमास तेलको व्यापारमा उछाल: आयात र निर्यात दुवै खर्बमा
काठमाडौं – नेपालको वैदेशिक व्यापारमा भटमासको तेलले अस्वाभाविक स्थान ओगटेको छ। आर्थिक वर्ष ०८१/८२ मा १ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढीको कच्चा तेल आयात गरी १ खर्ब ६ अर्ब रुपैयाँभन्दा बढीको प्रशोधित तेल निर्यात भएको छ।
अघिल्लो वर्षको तुलनामा यो आँकडा अविश्वसनीय रूपमा बढी हो। गत वर्ष जम्मा १३ अर्ब ५१ करोडको कच्चा तेल आयात गरी केवल ९० करोडको तेल निर्यात भएको थियो। कच्चा पदार्थ आयात गरी प्रशोधनपछि पुनः निर्यात गर्ने व्यापारिक मोडलका कारण भटमासको तेल नेपालको प्रमुख निर्यात वस्तु बन्न पुगेको छ।
