कालीमाटीमा आज तरकारी र फलफूलको भाउ कति ? (मूल्यसूचीसहित)

काठमाडौं, भदौ ४।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज, बुधबार भाद्र ४ गतेका लागि तरकारी तथा फलफूलको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज पनि केही तरकारी तथा फलफूलको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।

समितिका अनुसार आज ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकेजी न्यूनतम रु ८० देखि अधिकतम रु ९० सम्म रहेको छ भने सानो लोकल गोलभेडा रु २५ देखि ३५ र टनेलको सानो गोलभेडा रु ३३ देखि ४५ सम्ममा कारोबार भइरहेको छ। यस्तैगरी, रातो आलु प्रतिकेजी रु ४९ देखि ५२, भारतीय रातो आलु रु २८ देखि ३१, मुडेको रातो आलु रु ४४ देखि ४६ र सेतो आलु रु ३७ देखि ३९ सम्म तोकिएको छ। भारतीय सुकेको प्याजको मूल्य रु ४२ देखि ४४ सम्म रहेको छ।

यसैगरी, लोकल गाजरको मूल्य प्रतिकेजी रु ११० देखि १२० र तराईको गाजर रु १०० देखि ११० रहेको छ। लोकल बन्दा रु २५ देखि ३५, स्थानीय काउली रु १०० देखि १२० र तराईको काउली रु ८० देखि १०० मा किनबेच भइरहेको छ। रातो मूला रु ४५ देखि ५५ र हाइब्रीड सेतो मूला रु ४२ देखि ५० मा कारोबार हुँदा लाम्चो भन्टा रु ४० देखि ५० र डल्लो भन्टा रु ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ।

अन्य तरकारीतर्फ तने बोडीको मूल्य रु १०० देखि ११५, मकै बोडी रु ८० देखि ८५, लोकल घिउ सिमी रु ११० देखि १२०, हाइब्रीड घिउ सिमी रु १०० देखि ११०, टाटे सिमी रु ९० देखि १०० र भटमासको कोशा रु १०० देखि १३० सम्म रहेको समितिले जनाएको छ। यस्तै, तितो करेला रु ६० देखि ७५, लौका रु ६५ देखि ७५, लोकल र तराई दुवैको परवर रु ९० देखि १००, चिचिण्डो रु ४५ देखि ५५, घिरौला रु ५० देखि ६० र झिगूनी रु ६५ देखि ७५ सम्म मूल्य तोकिएको छ।लोकल काक्रो रु ४५ देखि ६० र हाइब्रीड काक्रो रु २० देखि ३० रहेको छ। पाकेको फर्सी रु ४० देखि ५०, लाम्चो हरियो फर्सी रु ६० देखि ७० र डल्लो हरियो फर्सी रु ७० देखि ८० मा कारोबार भइरहेको छ।

सागपातको मूल्य हेर्दा रायोको साग रु ११० देखि १३०, पालुंगोको साग रु ८० देखि १००, तोरीको साग रु ८० देखि ९०, जिरीको साग रु ८० देखि १०० र सौफको साग रु १४० देखि १६० रहेको छ। हरियो प्याजको मूल्य रु ९० देखि १०० तोकिएको छ। स्कूस रु ३२ देखि ४०, भिण्डी रु ७० देखि ८५, पिंडालू रु ७० देखि ८०, सलगम रु १०० देखि ११०, र ब्रोकाउली रु २२० देखि २५० रहेको छ।

यस्तैगरी, कन्य च्याउ रु २०० देखि २५० र डल्ले च्याउ रु ४५० देखि ५०० मा कारोबार भइरहेको छ। कुरीलोको मूल्य रु ३०० देखि ४००, न्यूरो रु ८० देखि ९०, चुकन्दर रु ६० देखि ७०, सजिवन रु १८० देखि २०० र रातो बन्दा रु २५० देखि २८० रहेको छ। आजको बजारमा सबैभन्दा महँगो तरकारीमा पार्सले रहेको छ, जसको मूल्य प्रतिकेजी रु १२०० देखि १४०० सम्म छ। यसैगरी, सेलरी रु १३० देखि १५० र पुदीना रु ५५० देखि ६५० मा किनबेच भइरहेको छ। तामा रु १०० देखि ११०, तोफु रु १०० देखि १२० र गुन्द्रुक रु २५० देखि ३०० सम्म रहेको छ।

फलफूलतर्फ, झोले स्याउ रु २२० देखि २५० र फूजी स्याउ रु ३०० देखि ३५० मा बिक्री भइरहेको छ। केरा प्रतिदर्जन रु १३५ देखि १४५, कागती रु १३० देखि १७०, अनार रु ३२० देखि ३६० र भारतीय सुन्तला रु ३०० देखि ३५० रहेको छ। हरियो तरबुजा रु ७० देखि ८०, मौसम रु १४० देखि १६०, जुनार रु २२० देखि २५० र भुई कटहर प्रतिगोटा रु १४५ देखि १५५ मा कारोबार भइरहेको छ। रुख कटहरको मूल्य रु ४० देखि ५० छ भने लोकल नासपाती रु ८० देखि ९० र चाइनिज नासपाती रु २२० देखि २५० मा बिक्री भइरहेको छ। नेपाली मेवा रु ४० देखि ५० र भारतीय मेवा रु ९० देखि १०० मा कारोबार हुँदा अम्बा रु २२० देखि २५०, लप्सी रु ६० देखि ७०, किवि रु ३४० देखि ३६०, आभोकाडो रु २८० देखि ३०० र अमला रु १२० देखि १६० सम्म मूल्य तोकिएको छ।

मसलाजन्य वस्तुतर्फ अदुवाको मूल्य रु ९० देखि १२०, सुकेको खुर्सानी रु ३०० देखि ४०० र हरियो खुर्सानी रु ४० देखि ५० रहेको छ। बुलेट हरियो खुर्सानी रु ४० देखि ४५, माछे खुर्सानी रु ७० देखि ८० र अकबरे खुर्सानी रु २०० देखि २५० रहेको छ। भेडे खुर्सानीको मूल्य रु ८० देखि १०० छ। हरियो लसुन रु १४० देखि १६० र हरियो धनिया रु ३५० देखि ४०० सम्म रहेको छ।

यस्तै, सुकेको छ्यापी रु १८० देखि २००, हरियो छ्यापी रु १२० देखि १३०, सुकेको माछा रु ८०० देखि १०००, ताजा रहु माछा रु ३२० देखि ३३०, बचुवा माछा रु २६० देखि २८० र छडी माछा रु २२० देखि २४० रहेको समितिले जनाएको छ। यसैगरी, राजा च्याउ रु २८० देखि ३०० र सिताके च्याउ रु ९०० देखि १००० सम्म रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?