बजारमा कुन फलफूल तथा तरकारी कतिमा बिक्दै छ ? सागपातदेखि माछासम्मको थोक मूल्य एकै ठाउँमा
काठमाडौँ, १९ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ । समितिले प्रकाशित गरेको विवरण अनुसार आज तरकारी, फलफूल तथा मसलाजन्य वस्तुहरूको बजार भाउ यस प्रकार रहेको छ।
समितिका अनुसार, आज ठूलो भारतीय गोलभेडाको थोक मूल्य प्रतिकेजी न्यूनतम रू ७० देखि अधिकतम रू ८० कायम भएको छ। सानो लोकल गोलभेडा रू २२ देखि ३२ सम्म, सानो टनेलको गोलभेडा रू ४० देखि ५०, सानो भारतीय गोलभेडा रू ३० देखि ४० र तराईको सानो गोलभेडा रू ४० देखि ५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, रातो आलुको मूल्य प्रतिकेजी रू २४ देखि २८ र भारतीय रातो आलु रू २३ देखि २५ रुपैयाँ तोकिएको छ।
यसैगरी, सुकेको भारतीय प्याजको भाउ प्रतिकेजी न्यूनतम रू ३८ देखि अधिकतम रू ४० पुगेको छ। गाजरतर्फ लोकल गाजर रू ४० देखि ५० र तराईको गाजर रू ३८ देखि ४५ मा पाइनेछ। लोकल काक्रो रू ६० देखि ८० र हाइब्रिड काक्रो रू ३५ देखि ४५ मा बिक्री भइरहेको छ। बन्दातर्फ लोकल बन्दा रू ५५ देखि ६५, तराईको बन्दा रू ४० देखि ५० र नरिवल बन्दा रू ३५ देखि ४५ रुपैयाँ कायम भएको छ।
त्यसैगरी, स्थानीय काउली रू ४५ देखि ५५, ज्यापु काउली रू ६० देखि ७० र तराईको काउली रू ३५ देखि ५० रुपैयाँ पर्नेछ। रातो मूला रू २५ देखि ३०, लोकल सेतो मूला रू १० देखि १५ र हाइब्रिड सेतो मूला रू १५ देखि २० मा उपलब्ध छ।
भन्टा लाम्चो रू ४० देखि ५५ र डल्लो भन्टा रू ५० देखि ६० तथा मटरकोशा रू ५० देखि ७० रुपैयाँ तोकिएको छ। घिउ सिमी लोकल र राजमाको भाउ रू १२० देखि १३० छ भने हाइब्रिड घिउ सिमी रू ९० देखि ११० रुपैयाँ छ। तितो करेला रू १६० देखि १८०, भिण्डी रू १०० देखि १२०, बकूला रू ७० देखि ८० र लौका रू ५५ देखि ७० रुपैयाँमा कारोबार हुँदैछ।
फर्सी पाकेको रू ४० देखि ५०, हरियो लाम्चो फर्सी रू १५ देखि २२ र डल्लो हरियो फर्सी रू १८ देखि २५ मा पाइन्छ। सलगम रू ५० देखि ६०, सखरखण्ड रू ६० देखि ७०, बरेला रू ५० देखि ६०, पिंडालू रू ५५ देखि ६५, स्कूस रू ६० देखि ७० र तरुल रू ६० देखि ७० तोकिएको छ।
सागपाततर्फ रायोको साग रू २० देखि ३५, पालुंगो रू ४५ देखि ६०, चमसूर रू ६० देखि ७०, तोरीको साग रू २० देखि ३० र मेथीको साग रू ७० देखि ८० पर्नेछ। हरियो प्याज रू ४० देखि ५०, जिरीको साग र सौफको साग रू ७० देखि ८०, सेलरी रू १८० देखि २००, पार्सले रू ५०० देखि ६०० र पुदीना रू २५० देखि ३०० रुपैयाँ कायम छ।
च्याउतर्फ कन्य च्याउ रू ७० देखि १००,रुख टमाटर रू २३० देखि २५०, डल्ले च्याउ रू ३२० देखि ३७०, राजा च्याउ रू २८० देखि ३०० र सिताके च्याउ रू ८०० देखि १००० पर्नेछ। ब्रोकाउली रू ३५ देखि ५५, चुकुन्दर रू ५५ देखि ६५, सजिवन रू २०० देखि २२०, रातो बन्दा रू १०० देखि १३० र ग्याठ कोबी रू ६० देखि ७० छ। गान्टे मूला रू ५० देखि ६०, इमली रू १७० देखि १८०, तामा रू ११० देखि १२०, तोफु रू १३० देखि १५० र गुन्दुक रू ३२० देखि ३५० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ झोले स्याउ रू २०० देखि २६०, फूजी स्याउ रू २८० देखि ३२० र केरा (दर्जन) रू १६० देखि १८० छ। कागती रू ८० देखि १००, अनार रू २८० देखि ३३०, हरियो अंगुर रू २३० देखि २६० र कालो अंगुर रू ४०० देखि ४५० पर्नेछ।
नेपाली सुन्तला रू १४० देखि १८०, हरियो तरबुजा रू ८० देखि ९०, मौसम र जुनार रू १०० देखि १२०, भुई कटहर प्रतिगोटा रू १४५ देखि १५५ र निबुवा रू ६० देखि ७० छ। चाइनिज नासपाती रू २२० देखि २४०, नेपाली मेवा रू ६० देखि ७० र भारतीय मेवा रू ९० देखि ११० छ। लप्सी रू ११० देखि १२०, किनु रू १०० देखि १३०, स्ट्रबेरी रू ४५० देखि ५५०, किवि रू २३० देखि २६०, आभोकाडो रू २५० देखि ३५० र अमला रू ९० देखि १०० रुपैयाँ कायम भएको छ।
अदुवा रू ९० देखि १२०, सुकेको खुर्सानी रू ३५० देखि ४२०, हरियो खुर्सानी रू ८० देखि १००, बुलेट खुर्सानी रू १०० देखि १२०, माछे खुर्सानी रू ७० देखि ८० र अकबरे खुर्सानी रू ४५० देखि ६०० रुपैयाँ छ। भेडे खुर्सानी रू ७० देखि ८०, हरियो लाम्चो लसुन रू ४० देखि ७०, हरियो धनिया रू ३० देखि ४०, चाइनिज सुकेको लसुन रू २०० देखि २२०, सुकेको छ्यापी रू १३० देखि १६० र हरियो छ्यापी रू १५० देखि १८० पर्नेछ।
माछा सुकेको रू ८०० देखि १०००, ताजा रहु माछा रू ३२० देखि ३४०, बचुवा माछा रू २६० देखि २८० र छडी माछा रू २३० देखि २५० रुपैयाँमा कारोबार भइरहेको छ।
