बजारमा आजको माछा, फलफूल र तरकारीको पूर्ण मूल्यसूची: हेर्नुहोस् कुन वस्तुको भाउ कति छ ?
काठमाडौँ, ०३ जेठ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आजको बजारमा विभिन्न तरकारी, फलफूल र माछाको मूल्यमा केही भिन्नता देखिएको छ।
समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज भारतीय ठूलो गोलभेडा प्रति केजी न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँसम्ममा कारोबार भइरहेको छ। लोकल सानो गोलभेडा र भारतीय सानो गोलभेडाको मूल्य न्यूनतम ५५ देखि ६५ रुपैयाँ कायम गरिएको छ भने टनेलको सानो गोलभेडा ७० देखि ७८ रुपैयाँ र तराईको सानो गोलभेडा ४८ देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ।
त्यसैगरी, आलु रातो (लाम्चो) न्यूनतम २५ देखि अधिकतम २८ रुपैयाँ, रातो आलु (गोलो) २० देखि २३ रुपैयाँ र भारतीय रातो आलु २४ देखि २७ रुपैयाँमा पाइने समितिले जनाएको छ। भारतीय सुकेको प्याज प्रति केजी ३६ देखि ३८ रुपैयाँ, लोकल गाजर ५० देखि ६० रुपैयाँ, र लोकल बन्दा ३० देखि ४० रुपैयाँमा कारोबार भइरहेको छ।
स्थानीय काउली र लोकल काँक्रो दुवैको मूल्य न्यूनतम ४० देखि अधिकतम ६० रुपैयाँ तोकिएको छ। हाइब्रिड काँक्रो २० देखि २५ रुपैयाँ, लोकल क्रस काँक्रो ३० देखि ५० रुपैयाँ र हाइब्रिड सेतो मूला १५ देखि २० रुपैयाँमा बिक्री भइरहेको छ। भन्टा लाम्चो ५० देखि ६० रुपैयाँ र डल्लो भन्टा ६० देखि ७० रुपैयाँमा उपलब्ध छ।
यस्तै, तने बोडी ७० देखि ८० रुपैयाँ, मकै बोडी ८० देखि १०० रुपैयाँ, लोकल घिउ सिमी ८० देखि ९५ रुपैयाँ, हाइब्रिड घिउ सिमी ८० देखि ९० रुपैयाँ र राजमा घिउ सिमी ८० देखि १०० रुपैयाँमा कारोबार भइरहेको छ। भटमासकोशा १२० देखि १४० रुपैयाँ, तितो करेला ६० देखि ८० रुपैयाँ र लौका ५० देखि ६० रुपैयाँमा पाइन्छ।
त्यसैगरी, परवर (लोकल र तराई) ५० देखि ६० रुपैयाँ, चिचिण्डो ४० देखि ५० रुपैयाँ, घिरौला ४० देखि ७० रुपैयाँ, झिगूनी ८० देखि ९० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो र डल्लो) ३० देखि ४० रुपैयाँ र भिण्डी ४० देखि ६० रुपैयाँमा किनबेच भइरहेको छ। सखरखण्ड ४५ देखि ७५ रुपैयाँ र पिंडालू ४० देखि ५० रुपैयाँ कायम गरिएको छ।
सागसब्जी तर्फ रायो साग ८० देखि १०० रुपैयाँ, पालुंगो साग ६० देखि १२० रुपैयाँ, चमसूरको साग ११० देखि १४० रुपैयाँ, तोरीको साग ३० देखि ४० रुपैयाँ र हरियो प्याज १३० देखि १५० रुपैयाँमा उपलब्ध छ। कन्य च्याउ १४० देखि १६० रुपैयाँ, डल्ले च्याउ ३०० देखि ३५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
यस्तै, कुरीलो २५० देखि ३५० रुपैयाँ, न्यूरो ६० देखि ७० रुपैयाँ, ब्रोकाउली ८० देखि १२० रुपैयाँ, चुकुन्दर ५५ देखि ६५ रुपैयाँ, सजिवन १०० देखि १२० रुपैयाँ र रातो बन्दा ४० देखि ६० रुपैयाँमा पाइनेछ। जिरीको साग १०० देखि ११० रुपैयाँ, सेलरी १०० देखि १२० रुपैयाँ, पार्सले २५० देखि २८० रुपैयाँ, सौफको साग ९० देखि १२० रुपैयाँ, पुदीना ८० देखि १०० रुपैयाँ र गान्टे मूला ४० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ। इमली १७० देखि १८० रुपैयाँ, तामा १३० देखि १५० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ र गुन्दुक २५० देखि ३०० रुपैयाँमा उपलब्ध छ।
फलफूलतर्फ झोले स्याउ २२० देखि २५० रुपैयाँ, फूजी स्याउ २५० देखि ३०० रुपैयाँ, नेपाली केरा १५० देखि २०० रुपैयाँ (दर्जन), मालभोग केरा २०० देखि २२० रुपैयाँ (दर्जन), र कागती २६० देखि २८० रुपैयाँमा कारोबार भइरहेको छ। अनार ४०० देखि ५०० रुपैयाँ, हरियो अंगुर २५० देखि ३०० रुपैयाँ, कालो अंगुर ४०० देखि ४५० रुपैयाँ, हरियो तरबुजा ३५० देखि ४५ रुपैयाँ र भुई कटहर प्रति गोटा २३० देखि २५० रुपैयाँमा पाइन्छ।
यस्तै, चाइनिज नासपाती २३० देखि २५० रुपैयाँ, नेपाली मेवा ७० देखि ८० रुपैयाँ, भारतीय मेवा ८० देखि ९० रुपैयाँ, आभोकाडो ७०० देखि ८०० रुपैयाँ र हरियो नरिवल प्रति गोटा १५० देखि १६० रुपैयाँमा बिक्री भइरहेको छ।
अदुवा १४० देखि १७० रुपैयाँ, सुकेको खुर्सानी ४०० देखि ४५० रुपैयाँ, हरियो लाम्चो र बुलेट खुर्सानी ९० देखि १०० रुपैयाँ, हरियो माछे खुर्सानी ४० देखि ६० रुपैयाँ र अकबरे खुर्सानी ४०० देखि ५०० रुपैयाँमा उपलब्ध छ। भेडे खुर्सानी ५० देखि ८० रुपैयाँ, हरियो लसुन १८० देखि २०० रुपैयाँ, हरियो धनिया ५० देखि १२० रुपैयाँ, सुकेको चाइनिज लसुन १७५ देखि २०० रुपैयाँ, सुकेको नेपाली लसुन ९० देखि १२० रुपैयाँ, सुकेको छ्यापी १०० देखि १२० रुपैयाँ र हरियो छ्यापी ९० देखि १०० रुपैयाँमा किनबेच भइरहेको छ।
माछा तर्फ सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा माछा (रहु) ३२० देखि ३४० रुपैयाँ, ताजा माछा (बचुवा) ३०० देखि ३१० रुपैयाँ र ताजा माछा (छडी) २४० देखि २८० रुपैयाँमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
