हेर्नुहोस् कालीमाटी बजारमा आजको तरकारी, फलफूल र माछाको पूर्ण मूल्यसूची

काठमाडौँ, १० जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार भारतीय ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ७० रुपैयाँ र अधिकतम ८० रुपैयाँ तोकिएको छ । यसैगरी, लोकल सानो गोलभेडा न्यूनतम २१ देखि अधिकतम ३५ रुपैयाँ, टनेलको सानो गोलभेडा ५२ देखि ६५ रुपैयाँ, भारतीय सानो गोलभेडा ३५ देखि ४० रुपैयाँ र तराईको सानो गोलभेडा २० देखि ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, लाम्चो रातो आलुको न्यूनतम मूल्य २८ र अधिकतम ३४ रुपैयाँ छ भने गोलो रातो आलु २६ देखि २८ रुपैयाँमा बिक्री भइरहेको छ । समितिका अनुसार भारतीय सुकेको प्याजको मूल्य ३५ देखि ३८ रुपैयाँ, लोकल गाजर ५० देखि ६० रुपैयाँ र लोकल बन्दा ३० देखि ४० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी, स्थानीय काउली ३० देखि ४० रुपैयाँ, लोकल काक्रो ४० देखि ५५ रुपैयाँ, हाइब्रिड काक्रो १० देखि २० रुपैयाँ र लोकल क्रस काक्रो ३० देखि ४५ रुपैयाँमा पाइन्छ ।

यसैगरी, हाइब्रिड सेतो मूला न्यूनतम १५ देखि अधिकतम ३० रुपैयाँ, लाम्चो भन्टा ३५ देखि ५० रुपैयाँ र डल्लो भन्टा ३५ देखि ४५ रुपैयाँमा उपलब्ध छ । समितिका अनुसार तने बोडी २० देखि ४० रुपैयाँ, मकै बोडी ६० देखि ७० रुपैयाँ, लोकल घिउ सिमी ४० देखि ५० रुपैयाँ र हाइब्रिड घिउ सिमी ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, भटमासकोशा १२० देखि १३० रुपैयाँ, तितो करेला ३० देखि ५० रुपैयाँ, लौका २५ देखि ३५ रुपैयाँ, लोकल परवर ४० देखि ५० रुपैयाँ र तराईको परवर ४० देखि ४५ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, चिचिण्डो र घिरौला दुवैको मूल्य समान २५ देखि ३५ रुपैयाँ छ । पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ३० देखि ४० रुपैयाँ र डल्लो हरियो फर्सी २० देखि ३० रुपैयाँमा बिक्री भइरहेको छ । समितिका अनुसार भिण्डी ३० देखि ४० रुपैयाँ, सखरखण्ड ६० देखि ७० रुपैयाँ, र पिंडालू ४० देखि ५० रुपैयाँमा पाइन्छ ।

सागसब्जीतर्फ रायोको साग ६० देखि ७० रुपैयाँ, पालूगो साग १०० देखि १२० रुपैयाँ, चमसूरको साग १०० देखि १२० रुपैयाँ र तोरीको साग ३० देखि ४० रुपैयाँ तोकिएको छ । यसैगरी, मेथीको साग १०० देखि १२० रुपैयाँ, हरियो प्याज १०० देखि १२० रुपैयाँ, जिरीको साग ९० देखि १०० रुपैयाँ, सौफको साग १०० देखि १२० रुपैयाँ र पुदीना ९० देखि ११० रुपैयाँमा उपलब्ध छ ।

यस्तै, च्याउतर्फ कन्य च्याउ २०० देखि २४० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४३० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ । कुरीलो ३०० देखि ३५० रुपैयाँ, न्यूरो ७० देखि ८० रुपैयाँ, ब्रोकाउली ५० देखि ६० रुपैयाँ, चुकुन्दर ५० देखि ६० रुपैयाँ र सजिवन १०० देखि १२० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, रातो बन्दा ३५ देखि ४० रुपैयाँ, सेलरी १२० देखि १४० रुपैयाँ, पार्सले २५० देखि ३०० रुपैयाँ र गान्टे मूला ४० देखि ६० रुपैयाँ तोकिएको छ ।

समितिका अनुसार इमली १७० देखि १८० रुपैयाँ, तामा १३० देखि १५० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ र गुन्दुक २०० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ । फलफूलतर्फ फूजी स्याउ प्रतिकिलो २५० देखि ३२५ रुपैयाँ, नेपाली केरा १५० देखि २०० रुपैयाँ (प्रतिदर्जन), मालभोग केरा २०० देखि २२० रुपैयाँ (प्रतिदर्जन), कागती २४० देखि २६० रुपैयाँ र अनार ४०० देखि ४४० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, दसहरी आँप २४० देखि २८० रुपैयाँ, हरियो अंगुर २४० देखि २८० रुपैयाँ, हरियो तरबुजा ३० देखि ३५ रुपैयाँ र भुई कटहर प्रतिगोटा २१० देखि २३० रुपैयाँमा उपलब्ध छ । यस्तै, रुख कटहर ६० देखि ७० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा ९० देखि १०० रुपैयाँ, भारतीय लीच्ची २५० देखि २८० रुपैयाँ र आभोकाडो ७०० देखि ८०० रुपैयाँ तोकिएको छ । काँचो नरिवल ७० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १८० रुपैयाँमा कारोबार भइरहेको छ ।

मसला र अन्य सामग्रीतर्फ अदुवा १४० देखि १६० रुपैयाँ, सुकेको खुर्सानी ३८० देखि ४३० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ८० देखि ९० रुपैयाँ, बुलेट हरियो खुर्सानी ७० देखि ८० रुपैयाँ र माछे हरियो खुर्सानी ४० देखि ६० रुपैयाँ छ । त्यसैगरी, भेडे खुर्सानी ४० देखि ६० रुपैयाँ, हरियो लसुन १८० देखि २०० रुपैयाँ, हरियो धनिया ५० देखि ८० रुपैयाँ, सुकेको चाइनिज लसुन १७० देखि १९० रुपैयाँ, सुकेको नेपाली लसुन ९० देखि १२० रुपैयाँ र सुकेको छ्यापी १२० देखि १४० रुपैयाँमा पाइन्छ ।

अन्त्यमा, ताजा माछातर्फ रहु ३२० देखि ३३० रुपैयाँ, बचुवा २९० देखि ३१० रुपैयाँ र छडी माछा २५० देखि २६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको समितिको मूल्यसूचीमा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?