कालीमाटी बजारमा आजका कृषि उपजको नयाँ थोक मूल्य: कुन तरकारी र फलफूलको भाउ कति ? (विस्तृत विवरण)
काठमाडौँ, ७ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ।
समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी न्यूनतम ६० देखि अधिकतम ७० रुपैयाँसम्म तोकिएको छ । यसैगरी गोलभेडा सानो (लोकल) न्यूनतम १० देखि अधिकतम १५ रुपैयाँ र गोलभेडा सानो (टनेल) न्यूनतम २० देखि अधिकतम ३० रुपैयाँमा कारोबार भइरहेको छ । रातो आलु (लाम्चो) प्रतिकेजी न्यूनतम ३५ देखि अधिकतम ३८ रुपैयाँ, रातो आलु (गोलो) र मुडे रातो आलु न्यूनतम ३२ देखि अधिकतम ३५ रुपैयाँ, भारतीय रातो आलु २८ देखि ३० रुपैयाँ र सेतो आलु २८ देखि ३० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, सुकेको भारतीय प्याज प्रतिकेजी न्यूनतम ४७ देखि अधिकतम ४९ रुपैयाँ, लोकल गाजर ९० देखि १०० रुपैयाँ, लोकल बन्दा ५० देखि ६० रुपैयाँ र स्थानीय काउली ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । लोकल काक्रो न्यूनतम ६० देखि अधिकतम ८० रुपैयाँ, हाइब्रीड काक्रो २० देखि २५ रुपैयाँ र लोकलक्रस काक्रो ६० देखि ७० रुपैयाँ तोकिएको छ ।
रातो मूला प्रतिकेजी न्यूनतम २५ देखि अधिकतम ३० रुपैयाँ, हाइब्रीड सेतो मूला १५ देखि २० रुपैयाँ, लाम्चो भन्टा १५ देखि २० रुपैयाँ र डल्लो भन्टा २५ देखि ३० रुपैयाँमा पाइन्छ । तने बोडी २० देखि ३० रुपैयाँ, मकै बोडी ४० देखि ५० रुपैयाँ, मटरकोशा १८० देखि २०० रुपैयाँ र लोकल घिउ सिमी ५० देखि ६० रुपैयाँमा उपलब्ध छ । हाइब्रीड घिउ सिमी न्यूनतम ५० देखि अधिकतम ६० रुपैयाँ, राजमा घिउ सिमी ७० देखि ८० रुपैयाँ, टाटे सिमी ५० देखि ६० रुपैयाँ र भटमासकोशा ९० देखि १०० रुपैयाँ मूल्य तोकिएको छ ।
समितिका अनुसार तितो करेला प्रतिकेजी न्यूनतम ३५ देखि अधिकतम ४५ रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ, लोकल परवर ४० देखि ५० रुपैयाँ, तराई परवर ४० देखि ५० रुपैयाँ, चिचिण्डो २५ देखि ३० रुपैयाँ र घिरौला ३० देखि ४० रुपैयाँमा किनबेच भइरहेको छ । झिगूनी ५० देखि ६० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ५० देखि ६० रुपैयाँ र हरियो डल्लो फर्सी ३० देखि ४० रुपैयाँमा पाइन्छ । भिण्डी प्रतिकेजी २५ देखि ३५ रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ र स्कूस ५० देखि ६० रुपैयाँ तोकिएको छ ।
सागतर्फ रायो साग प्रतिकेजी न्यूनतम ३० देखि अधिकतम ४० रुपैयाँ, पालूगो साग ५० देखि ६० रुपैयाँ, चमसूरको साग ५० देखि ६० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ र हरियो प्याज १०० देखि १२० रुपैयाँ छ । जिरीको साग ८० देखि १०० रुपैयाँ, सेलरी १३० देखि १५० रुपैयाँ, पार्सले ३०० देखि ३५० रुपैयाँ, सौफको साग ७० देखि ८० रुपैयाँ र पुदीना १८० देखि २०० रुपैयाँमा उपलब्ध छ ।
च्याउतर्फ कन्य च्याउ प्रतिकेजी १८० देखि २२० रुपैयाँ, डल्ले च्याउ ३५० देखि ४२० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ न्यूनतम ८०० देखि अधिकतम १००० रुपैयाँमा कारोबार भइरहेको छ । कुरीलो प्रतिकेजी २५० देखि ३०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली ६० देखि ८० रुपैयाँ, चुकुन्दर ६० देखि ७० रुपैयाँ र सजिवन १८० देखि २०० रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी रातो बन्दा ३० देखि ४० रुपैयाँ, गान्टे मूला ५० देखि ६० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँ तोकिएको छ ।
फलफूलतर्फ फूजी स्याउ प्रतिकेजी न्यूनतम २८० देखि अधिकतम ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १८० देखि २०० रुपैयाँ, मालभोग केरा २०० देखि २२० रुपैयाँ र कागती प्रतिकेजी १८० देखि २०० रुपैयाँ छ । यस्तै अनार प्रतिकेजी ४०० देखि ४२० रुपैयाँ, मालदह आँप ८० देखि ९० रुपैयाँ, दसहरी आँप ९० देखि १०० रुपैयाँ, हरियो तरबुजा ४० देखि ५० रुपैयाँ, जुनार २०० देखि २२० रुपैयाँ र भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ तोकिएको छ । त्यसैगरी रुख कटहर प्रतिकेजी ४० देखि ५० रुपैयाँ, चाइनिज नासपाती २३० देखि २५० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा ९० देखि १०० रुपैयाँ, लोकल लीच्ची १८० देखि २०० रुपैयाँ, भारतीय लीच्ची २८० देखि ३०० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १७० रुपैयाँ तोकिएको छ ।
अदुवा प्रतिकेजी न्यूनतम १२० देखि अधिकतम १४० रुपैयाँ, सुकेको खु्र्सानी ४५० देखि ५०० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ३० देखि ४० रुपैयाँ, बुलेट हरियो खुर्सानी २५ देखि ३० रुपैयाँ, माछे हरियो खुर्सानी ५० देखि ६० रुपैयाँ र अकबरे हरियो खुर्सानी २५० देखि ३०० रुपैयाँ तोकिएको छ । यस्तै भेडे खु्र्सानी प्रतिकेजी ८० देखि १०० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ, हरियो धनिया १२० देखि १५० रुपैयाँ, सुकेको चाइनिज लसुन २०० देखि २२० रुपैयाँ र सुकेको नेपाली लसुन १६० देखि १८० रुपैयाँमा उपलब्ध छ ।
त्यसैगरी सुकेको माछा प्रतिकेजी ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा ताजा माछा २८० देखि ३०० रुपैयाँ र ताजा छडी माछा २३० देखि २५० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।
