कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ थोक मूल्य सार्वजनिक: यस्तो छ आलु, प्याजदेखि माछासम्मको पूर्ण सूची
काठमाडौँ, १३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ।
समितिका अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकतम ५० रुपैयाँ तोकिएको छ । सानो स्थानीय गोलभेडा न्यूनतम ८ देखि अधिकतम १० रुपैयाँ र टनेलको सानो गोलभेडा न्यूनतम १२ देखि अधिकतम २० रुपैयाँमा कारोबार भइरहेको छ । आलुको मूल्यतर्फ रातो लाम्चो आलु न्यूनतम ३५ र अधिकतम ४० रुपैयाँ, रातो गोलो आलु न्यूनतम ३२ र अधिकतम ३५ रुपैयाँ, मुडेको रातो आलु न्यूनतम ३२ र अधिकतम ३५ रुपैयाँ, भारतीय रातो आलु न्यूनतम २८ र अधिकतम ३० रुपैयाँ तथा सेतो आलु न्यूनतम २८ र अधिकतम ३० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याजको न्यूनतम मूल्य ५२ र अधिकतम ५५ रुपैयाँ रहेको छ । स्थानीय गाजर प्रतिकिलो ९० देखि १०० रुपैयाँ, स्थानीय बन्दा ५० देखि ६० रुपैयाँ र स्थानीय काउली ८० देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ । स्थानीय काक्रो ६० देखि ७० रुपैयाँ, हाइब्रीड काक्रो २० देखि ३० रुपैयाँ र स्थानीय क्रस काक्रो ५० देखि ६० रुपैयाँ तोकिएको छ । रातो मूला २५ देखि ३० रुपैयाँ र स्थानीय सेतो मूला १५ देखि २० रुपैयाँमा पाइनेछ ।
यसैगरी, लाम्चो भन्टा १५ देखि २० रुपैयाँ, डल्लो भन्टा २५ देखि ३० रुपैयाँ, तने बोडी २० देखि ३० रुपैयाँ र मकै बोडी ४० देखि ५० रुपैयाँमा कारोबार भइरहेको छ । मटरकोशाको मूल्य १२० देखि १३० रुपैयाँ, स्थानीय तथा हाइब्रीड घिउ सिमी ५० देखि ६० रुपैयाँ, राजमा घिउ सिमी ७० देखि ८० रुपैयाँ र टाटे सिमी ४० देखि ५० रुपैयाँ तोकिएको छ । भटमासकोशा ८० देखि १०० रुपैयाँ, तितो करेला र लौका ३० देखि ४० रुपैयाँ तथा स्थानीय र तराईको परवर ३० देखि ४० रुपैयाँमा उपलब्ध छन् ।
त्यसैगरी, चिचिण्डो २० देखि ३० रुपैयाँ, घिरौला ३० देखि ४० रुपैयाँ, झिगूनी ४० देखि ५० रुपैयाँ र पाकेको फर्सी ५० देखि ६० रुपैयाँ मूल्य कायम गरिएको छ । हरियो लाम्चो फर्सी ४० देखि ५० रुपैयाँ, हरियो डल्लो फर्सी २० देखि ३० रुपैयाँ, भिण्डी २० देखि ३० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ र स्कूस ३० देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ ।
सागसब्जी तर्फ रायो साग ३० देखि ४० रुपैयाँ, पालूगो साग ५० देखि ६० रुपैयाँ, चमसूरको साग ५० देखि ६० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ र हरियो प्याज १२० देखि १५० रुपैयाँ प्रतिकिलो तोकिएको छ । जिरीको साग ८० देखि १०० रुपैयाँ, सेलरी १४० देखि १६० रुपैयाँ, पार्सले ३०० देखि ३५० रुपैयाँ र सौफको साग ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
च्याउतर्फ कन्य च्याउ २६० देखि ३०० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ तोकिएको छ । कुरीलो २५० देखि ३०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली र चुकुन्दर ६० देखि ७० रुपैयाँ, सजिवन २०० देखि २५० रुपैयाँ र रातो बन्दा ३० देखि ४० रुपैयाँमा उपलब्ध छ । पुदीना १८० देखि २०० रुपैयाँ, गान्टे मूला ५० देखि ६० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ तथा गुन्दुक ३०० देखि ३५० रुपैयाँ कायम गरिएको छ ।
फलफूलतर्फ फूजी स्याउ प्रतिकिलो २८० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० देखि २५० रुपैयाँ र मालभोग केरा १८० देखि २०० रुपैयाँ तोकिएको छ । कागती १७० देखि २०० रुपैयाँ, अनार ४२० देखि ४५० रुपैयाँ, मालदह आँप ८० देखि ९० रुपैयाँ, दसहरी आँप ९० देखि १०० रुपैयाँ र हरियो तरबुजा ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, जुनार २०० देखि २३० रुपैयाँ, भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ, रुख कटहर ४० देखि ५० रुपैयाँ, चाइनिज नासपाती २३० देखि २५० रुपैयाँ र नेपाली मेवा ८० देखि ९० रुपैयाँ एवं भारतीय मेवा १०० देखि १२० रुपैयाँमा पाइनेछ । स्थानीय लीच्ची १५० देखि २०० रुपैयाँ र भारतीय लीच्ची २८० देखि ३०० रुपैयाँ तोकिएको छ । काँचो नरिवल ६० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १७० रुपैयाँमा कारोबार भइरहेको छ ।
अदुवा १२० देखि १५० रुपैयाँ, सुकेको खुर्सानी ४५० देखि ५०० रुपैयाँ र लाम्चो हरियो खुर्सानी ३० देखि ४० रुपैयाँ मूल्य कायम छ । बुलेट खुर्सानी २५ देखि ३० रुपैयाँ, माछे खुर्सानी ४० देखि ५० रुपैयाँ र अकबरे हरियो खुर्सानी २०० देखि ३०० रुपैयाँ तोकिएको छ । भेडे खुर्सानी ८० देखि १०० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ र हरियो धनिया ९० देखि १२० रुपैयाँमा पाइनेछ । सुकेको चाइनिज लसुन २०० देखि २२० रुपैयाँ र नेपाली सुकेको लसुन १५० देखि १८० रुपैयाँ तोकिएको छ ।
माछाको मूल्यतर्फ सुकेको माछा ८०० देखि १००० रुपैयाँ, रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २८० देखि ३०० रुपैयाँ र छडी माछा २३० देखि २५० रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ ।
