हेर्नुहोस आजको माछा, फलफूल र तरकारीको मूल्य कति पुग्यो ? (पूर्ण विवरण)

काठमाडौँ, १५ साउन ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज बजारमा तरकारी, फलफूल, सागसब्जी र माछाको मूल्यमा केही भिन्नता देखिएको छ ।

समितिका अनुसार आज गोलभेडा ठूलो (नेपाली) को न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकतम मूल्य ५० रुपैयाँ तोकिएको छ । यसैगरी, टनेलमा फलेको सानो गोलभेडा न्यूनतम २० देखि अधिकतम ३० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । आलुतर्फ रातो आलु (लाम्चो) को मूल्य ४८ देखि ५२ रुपैयाँ, रातो आलु (गोलो) ४८ देखि ५३ रुपैयाँ, मुडेको रातो आलु ४८ देखि ५३ रुपैयाँ र भारतीय रातो आलु ३३ देखि ५७ रुपैयाँ कायम गरिएको छ । यस्तै, सेतो आलुको न्यूनतम मूल्य ३० र अधिकतम ३५ रुपैयाँ रहेको छ भने भारतीय सुकेको प्याज प्रतिकिलो ५४ देखि ५७ रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यसैगरी, स्थानीय गाजरको मूल्य न्यूनतम १०० देखि ११० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँ तोकिएको छ । स्थानीय बन्दा न्यूनतम २० देखि अधिकतम ३० रुपैयाँमा पाइनेछ भने स्थानीय काउलीको मूल्य ९० देखि १०० रुपैयाँ रहेको छ । काक्रोतर्फ स्थानीय काक्रो ४० देखि ५० रुपैयाँ, हाइब्रीड १५ देखि २० रुपैयाँ र लोकलक्रस ३० देखि ४० रुपैयाँमा उपलब्ध छ । यस्तै, रातो मूला २० देखि ३० रुपैयाँ र सेतो स्थानीय मूला १५ देखि २० रुपैयाँमा कारोबार भइरहेको छ ।

समितिका अनुसार लाम्चो भन्टा ४० देखि ५० रुपैयाँ र डल्लो भन्टा ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । यसैगरी, तने बोडी ६० देखि ७० रुपैयाँ, मकै बोडी ८० देखि ९० रुपैयाँ, स्थानीय घिउ सिमी १०० देखि १२० रुपैयाँ, हाइब्रीड घिउ सिमी ९० देखि १०० रुपैयाँ र राजमा सिमी १३० देखि १५० रुपैयाँमा कारोबार भइरहेको छ । टाटे सिमी १०० देखि १२० रुपैयाँ, भटमासकोशा ८० देखि १०० रुपैयाँ, तितो करेला ६० देखि ७० रुपैयाँ, लौका ६० देखि ७० रुपैयाँ र स्थानीय तथा तराईको परवर ६० देखि ७० रुपैयाँमा उपलब्ध छन् ।

त्यस्तै, चिचिण्डो २० देखि ३० रुपैयाँ, घिरौला ५० देखि ६० रुपैयाँ, झिगूनी ६० देखि ७० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ र हरियो डल्लो फर्सी ७० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ । भिण्डी ४० देखि ५० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ र स्कूस ६० देखि ७० रुपैयाँ तोकिएको छ ।

यसैगरी, रायोको साग, पालूगो साग, जिरीको साग र सौफको सागको न्यूनतम मूल्य १५० र अधिकतम २०० रुपैयाँ रहेको छ । तोरीको साग र हरियो प्याज १०० देखि १५० रुपैयाँमा पाइन्छ । च्याउतर्फ कन्य च्याउ २४० देखि २८० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ । यस्तै, कुरीलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १०० देखि १२० रुपैयाँ र चुकन्दर ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यसैगरी, सजिवन २५० देखि ३०० रुपैयाँ, रातो बन्दा ३० देखि ४० रुपैयाँ, सेलरी १८० देखि २०० रुपैयाँ, पार्सले ४०० देखि ५०० रुपैयाँ, पुदीना ३०० देखि ४०० रुपैयाँ र गान्टे मूला १५० देखि २०० रुपैयाँ तोकिएको छ । इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।


फलफूलतर्फ फूजी स्याउ प्रतिकिलो २८० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० देखि ३०० रुपैयाँ र मालभोग केरा १८० देखि २०० रुपैयाँमा उपलब्ध छ । कागती १६० देखि १८० रुपैयाँ, अनार ४५० देखि ५०० रुपैयाँ, मालदह र दसहरी आँप १८० देखि २०० रुपैयाँ, हरियो तरबुजा ६० देखि ७० रुपैयाँ र जुनार २७० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ । भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ, स्थानीय नासपाती ७० देखि ८० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ र भारतीय मेवा १०० देखि १२० रुपैयाँ तोकिएको छ । लप्सी ५० देखि ६० रुपैयाँ, आभोकाडो ७०० देखि ८०० रुपैयाँ, अमला २४० देखि २८० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ (प्रतिगोटा), हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ३५० देखि ४०० रुपैयाँ प्रतिकिलोमा पाइनेछ ।

अदुवाको न्यूनतम मूल्य २०० र अधिकतम २३० रुपैयाँ रहेको छ । सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ८० देखि ९० रुपैयाँ, बुलेट हरियो खुर्सानी ७० देखि ८० रुपैयाँ, माछे हरियो खुर्सानी ६० देखि ७० रुपैयाँ र अकबरे हरियो खुर्सानी १५० देखि २०० रुपैयाँ तोकिएको छ । भेडे खुर्सानी ९० देखि १०० रुपैयाँ, हरियो लसुन १०० देखि १५० रुपैयाँ, हरियो धनिया २५० देखि ३५० रुपैयाँ, चाइनिज सुकेको लसुन २०० देखि २४० रुपैयाँ, नेपाली सुकेको लसुन १८० देखि २०० रुपैयाँ र सुकेको छ्यापी १८० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्त्यमा, माछातर्फ सुकेको माछा प्रतिकिलो ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २८० देखि ३०० रुपैयाँ र छडी माछा २८० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?