हेर्नुहोस् आज मङ्गलबारको माछा, फलफूल र तरकारीको विस्तृत मूल्यसूची

काठमाडौँ, १६ भदौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मङ्गलबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

आजको बजार भाउ अनुसार गोलभेडा ठूलो (नेपाली) को मूल्य प्रतिकिलो न्यूनतम ७० देखि अधिकतम ८० रुपैयाँसम्म तोकिएको छ । यस्तै, भारतीय ठूलो गोलभेडा न्यूनतम ७० देखि अधिकतम ९० रुपैयाँमा कारोबार भइरहेको छ। सानो लोकल गोलभेडाको न्यूनतम मूल्य ३० र अधिकतम ४० रुपैयाँ रहँदा टनेलको सानो गोलभेडा ३५ देखि ५० र भारतीय सानो गोलभेडा ३७ देखि ४७ रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

त्यसैगरी, आलु रातो (लाम्चो) न्यूनतम ४८ देखि अधिकतम ५१, रातो आलु (गोलो) ४८ देखि ५३, मुडेको रातो आलु ४८ देखि ५३ र भारतीय रातो आलु ३८ देखि ४० रुपैयाँमा उपलब्ध छ। सेतो आलुको मूल्य भने प्रतिकिलो ३५ देखि ४० रुपैयाँ कायम गरिएको छ। भारतीय सुकेको प्याजको मूल्य आज न्यूनतम ९० देखि ९५ रुपैयाँ रहेको छ।

यसैगरी, स्थानीय गाजरको मूल्य ८० देखि १२० रुपैयाँ छ भने तराईको गाजर ७० देखि ८० रुपैयाँमा पाइन्छ। लोकल बन्दाको मूल्य ३० देखि ४० र स्थानीय काउलीको मूल्य ७० देखि ९० रुपैयाँ तोकिएको छ। काक्रोतर्फ लोकल काक्रो ४० देखि ५०, हाइब्रीड काक्रो १० देखि २० र लोकलक्रस काक्रो ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ।

समितिका अनुसार रातो मूलाको मूल्य २० देखि ३० र हाइब्रीड सेतो मूलाको मूल्य २५ देखि ३५ रुपैयाँ छ। यस्तै, लाम्चो भन्टा १० देखि २५ र डल्लो भन्टा ३० देखि ४० रुपैयाँमा पाइन्छ। तने बोडी ४० देखि ६० र मकै बोडी ९० देखि ११० रुपैयाँ पुगेको छ। घिउ सिमी (लोकल) ७० देखि ९०, हाइब्रीड ७० देखि ९० र टाटे सिमी ७० देखि ८० रुपैयाँमा कारोबार भइरहेको छ। भटमासकोशाको न्यूनतम मूल्य १२० र अधिकतम १४० रुपैयाँ छ।

तितो करेला ३० देखि ५०, लौका ४० देखि ५०, चिचिण्डो १५ देखि ३०, घिरौला १० देखि २० र झिगूनी ५० देखि ६० रुपैयाँ छ। पाकेको फर्सी ५० देखि ६०, हरियो डल्लो फर्सी ३० देखि ४०, भिण्डी ३० देखि ४०, सखरखण्ड १०० देखि १२०, पिंडालू ६० देखि ७० र स्कूस १५ देखि ३० रुपैयाँमा उपलब्ध छ।

सागपाततर्फ रायोको साग ४० देखि ६०, पालूगो साग १०० देखि १५०, तोरीको साग ८० देखि १०० र हरियो प्याज १५० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ। च्याउतर्फ कन्य च्याउ २०० देखि २४०, डल्ले च्याउ ३५० देखि ४००, राजा च्याउ ३०० देखि ३३० र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ प्रतिकिलो कायम छ। कुरीलो ४०० देखि ५००, न्यूरो ९० देखि १००, ब्रोकाउली १२० देखि १४०, चुकुन्दर ६० देखि २४० र सजिवन २०० देखि २५० रुपैयाँमा पाइन्छ।

त्यसैगरी, रातो बन्दा ५० देखि ६०, जिरीको साग ४०० देखि ५००, सेलरी ४०० देखि ५००, पार्सले १६०० देखि १८०० र सौफको साग १०० देखि १५० रुपैयाँ तोकिएको छ। पुदीना ६०० देखि ७००, गान्टे मूला १०० देखि १५०, इमली १६० देखि १८०, तामा १४० देखि १६० र तोफु १४० देखि १६० रुपैयाँ छ। गुन्दुक ३०० देखि ३५० र रुख टमाटर २५० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ।

फलफूलतर्फ फूजी स्याउ प्रतिकिलो ३५० देखि ४०० रुपैयाँ पुगेको छ। नेपाली केरा प्रतिदर्जन २५० देखि ३०० र मालभोग केरा १८० देखि २०० रुपैयाँमा उपलब्ध छ। कागती २५० देखि ३००, अनार २५० देखि ३००, हरियो तरबुजा ५० देखि ६०, जुनार १५० देखि २०० र भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ तोकिएको छ। रुख कटहर ४० देखि ५०, लोकल नासपाती ८० देखि १००, चाइनिज नासपाती २०० देखि २५०, नेपाली मेवा ७० देखि ८० र भारतीय मेवा ९० देखि १०० रुपैयाँ पुगेको छ। लप्सी ५० देखि ६०, किवि ३५० देखि ४००, आभोकाडो २०० देखि २५०, अमला १५० देखि २००, काँचो नरिवल ६० देखि ८० र हरियो नरिवल १५० देखि १७० रुपैयाँमा पाइन्छ। नेपाली ड्रागन फ्रुटको मूल्य ४०० देखि ५०० रुपैयाँ छ।

अदुवा २०० देखि २५० र सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ छ। हरियो लाम्चो खुर्सानी ६० देखि ७०, बुलेट खुर्सानी ६० देखि ७०, माछे खुर्सानी ४० देखि ५० र अकबरे खुर्सानी २०० देखि ३०० रुपैयाँ पुगेको छ। भेडे खुर्सानी ४० देखि ५०, हरियो लसुन १५० देखि २०० र हरियो धनिया १०० देखि २०० रुपैयाँमा उपलब्ध छ। सुकेको चाइनिज लसुन २०० देखि २२० र नेपाली सुकेको लसुन १८० देखि २०० रुपैयाँ छ। छ्यापी सुकेको र हरियो दुवै १८० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ।

माछातर्फ सुकेको माछा प्रतिकिलो ८०० देखि १०००, ताजा रहु माछा ३४० देखि ३७०, बचुवा ३०० देखि ३४० र छडी माछा ३२० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?