कालिमाटी बजारमा आज कुन कृषि उपजको मूल्य कति ?

काठमाडौँ, २९ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकेजी न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म कारोबार भइरहेको छ। त्यस्तै, ठूलो भारतीय गोलभेँडा ८० देखि ९० रुपैयाँ, सानो लोकल गोलभेँडा ४० देखि ५० रुपैयाँ, सानो टनेल गोलभेँडा ५५ देखि ७० रुपैयाँ र सानो भारतीय गोलभेँडा ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ।

यसैगरी, आलु रातो लाम्चो ५२ देखि ५५ रुपैयाँ, रातो आलु गोलो ४८ देखि ५३ रुपैयाँ, रातो आलु मुडे ४८ देखि ५३ रुपैयाँ, भारतीय रातो आलु ४५ देखि ४८ रुपैयाँ र सेतो आलु ३५ देखि ४० रुपैयाँ प्रतिकेजी रहेको समितिले जनाएको छ। सुकेको भारतीय प्याज भने प्रतिकेजी ८८ देखि ९३ रुपैयाँसम्म रहेको छ।

लोकल गाजर १०० देखि १२० रुपैयाँ र तराईको गाजर ८० देखि ९० रुपैयाँ प्रतिकेजी रहेको छ। लोकल बन्दा ३० देखि ४० रुपैयाँ, स्थानीय काउली १०० देखि १२० रुपैयाँ, लोकल काक्रो ५० देखि ६० रुपैयाँ, हाइब्रिड काक्रो २० देखि ३० रुपैयाँ र लोकलक्रस काक्रो ७० देखि ८० रुपैयाँ प्रतिकेजी रहेको छ।

त्यस्तै, रातो मूला २० देखि ३० रुपैयाँ र सेतो हाइब्रिड मूला ४० देखि ५० रुपैयाँ प्रतिकेजी रहेको छ। लाम्चो भन्टा ३० देखि ४० रुपैयाँ तथा डल्लो भन्टा ४० देखि ५० रुपैयाँ प्रतिकेजी रहेको छ।

यसैगरी बोडी तने ६० देखि ८० रुपैयाँ, मकै बोडी १०० देखि १२० रुपैयाँ, लोकल घिउ सिमी ९० देखि १०० रुपैयाँ, हाइब्रिड घिउ सिमी ९० देखि १०० रुपैयाँ, टाटे सिमी ८० देखि ९० रुपैयाँ र भटमासकोशा १०० देखि १२० रुपैयाँ प्रतिकेजी रहेको छ।

तितो करेला प्रतिकेजी ५० देखि ६० रुपैयाँ, लौका ५० देखि ६० रुपैयाँ, लोकल परवर ७० देखि ८० रुपैयाँ, तराई परवर ७० देखि ८० रुपैयाँ, चिचिण्डो २० देखि ३० रुपैयाँ, घिरौला ४० देखि ५० रुपैयाँ र झिगूनी ५० देखि ६० रुपैयाँसम्म रहेको छ।

त्यसैगरी पाकेको फर्सी ६० देखि ७० रुपैयाँ र हरियो फर्सी डल्लो ३० देखि ४० रुपैयाँ प्रतिकेजी रहेको छ। भिण्डी ४० देखि ५० रुपैयाँ, पिंडालू ६० देखि ७० रुपैयाँ र स्कूस १५ देखि २५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ।

रायो साग प्रतिकेजी ८० देखि १२० रुपैयाँ, पालुङ्गो साग १५० देखि २०० रुपैयाँ र तोरीको साग ८० देखि १०० रुपैयाँ रहेको छ। हरियो प्याज १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ।

न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १८० देखि २०० रुपैयाँ, चुकुन्दर ६० देखि ७० रुपैयाँ, सजिवन २०० देखि २५० रुपैयाँ, रातो बन्दा ५० देखि ६० रुपैयाँ र जिरीको साग १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको छ।

सेलरी प्रतिकेजी ४०० देखि ५०० रुपैयाँ, सौफको साग १०० देखि १५० रुपैयाँ, गान्टे मूला १०० देखि १५० रुपैयाँ र पुदीना ६०० देखि ७०० रुपैयाँ रहेको छ। त्यस्तै, पार्सले प्रतिकेजी १ हजार ८०० देखि २ हजार रुपैयाँसम्म रहेको छ।

च्याउतर्फ कन्य च्याउ प्रतिकेजी २०० देखि २५० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँसम्म रहेको समितिले जनाएको छ।

यसैगरी कुरीलो प्रतिकेजी ४०० देखि ५०० रुपैयाँ रहेको छ। इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ, गुन्दुक ३०० देखि ३५० रुपैयाँ र रुख टमाटर १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको छ।

फलफूलतर्फ फूजी स्याउ प्रतिकेजी ३५० देखि ४०० रुपैयाँ र जुम्लाको स्याउ २५० देखि ३७० रुपैयाँ रहेको छ। नेपाली केरा प्रतिदर्जन १५० देखि २०० रुपैयाँ तथा मालभोग केरा १०० देखि १५० रुपैयाँ रहेको छ।

त्यस्तै, कागती प्रतिकेजी ३५० देखि ४०० रुपैयाँ, अनार २५० देखि ३०० रुपैयाँ, हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, मौसम १०० देखि १५० रुपैयाँ र जुनार १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ।

भुईँकटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ तथा रुख कटहर प्रतिकेजी ४० देखि ५० रुपैयाँ रहेको छ। निबुवा ५० देखि ६० रुपैयाँ, लोकल नासपाती ९० देखि १०० रुपैयाँ र चाइनिज नासपाती २०० देखि २५० रुपैयाँ प्रतिकेजी रहेको छ।

नेपाली मेवा ७० देखि ८० रुपैयाँ र भारतीय मेवा १०० देखि १२० रुपैयाँ प्रतिकेजी रहेको छ। अम्बा १५० देखि २०० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, किवि ३५० देखि ४०० रुपैयाँ, शरीफा २०० देखि २५० रुपैयाँ, आभोकाडो २५० देखि ३०० रुपैयाँ र अमला १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ।

काँचो नरिवल प्रतिकेजी ६० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १७० रुपैयाँ रहेको छ। त्यस्तै, नेपाली ड्रागन फ्रुट प्रतिकेजी ४०० देखि ५०० रुपैयाँ रहेको छ।

यसैगरी , अदुवा प्रतिकेजी २०० देखि २३० रुपैयाँ रहेको छ। सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ७० देखि ८० रुपैयाँ, बुलेट खुर्सानी ७० देखि ८० रुपैयाँ, माछे खुर्सानी ६० देखि ७० रुपैयाँ र अकबरे खुर्सानी १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ।

त्यस्तै, भेडे खुर्सानी प्रतिकेजी ६० देखि ७० रुपैयाँ रहेको छ। हरियो लसुन २०० देखि ३०० रुपैयाँ, हरियो धनियाँ १०० देखि १५० रुपैयाँ, सुकेको चाइनिज लसुन २२० देखि २६० रुपैयाँ र सुकेको नेपाली लसुन २०० देखि २३० रुपैयाँ प्रतिकेजी रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।सुकेको छ्यापी प्रतिकेजी १८० देखि २०० रुपैयाँ तथा हरियो छ्यापी १८० देखि २०० रुपैयाँ रहेको छ।

सुकेको माछा प्रतिकेजी ८०० देखि १ हजार रुपैयाँ रहेको छ। ताजा माछातर्फ रहु प्रतिकेजी ३४० देखि ३७० रुपैयाँ, बचुवा ३०० देखि ३४० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँसम्म रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments