कालीमाटीमा आज कुन कृषि उपजको मूल्य कति ? हेर्नुहोस् सम्पूर्ण मूल्यसूची

काठमाडौँ, २ मङ्सिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार बजारमा तरकारी, फलफूल, सागसब्जी, च्याउ, मसला तथा माछाको मूल्यमा विविधता देखिएको छ ।

सार्वजनिक मूल्यसूचीअनुसार गोलभेँडा ठूलो नेपाली र भारतीयको मूल्य प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ भने सानो लोकल गोलभेँडा १० देखि २० रुपैयाँसम्म कारोबार भइरहेको छ । त्यस्तै, सानो टनेल र तराई गोलभेँडाको मूल्य ३० देखि ४० रुपैयाँसम्म रहेको छ ।

आलु रातो लाम्चो र गोलो दुवैको मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म रहेको छ । रातो भारतीय आलु ३० देखि ३५ रुपैयाँ, सेतो आलु २८ देखि ३० रुपैयाँ, सुकेको भारतीय प्याज ९० देखि ९५ रुपैयाँ र लोकल गाजर ८० देखि ९० रुपैयाँसम्म रहेको छ । त्यस्तै, तराई गाजर ५० देखि ६० रुपैयाँसम्म रहेको छ ।

काक्रो लोकल ६० देखि ८० रुपैयाँ, हाइब्रीड काक्रो ३० देखि ४० रुपैयाँ र लोकल क्रस काक्रो ६० देखि ७० रुपैयाँसम्म रहेको छ । बन्दा लोकल २० देखि ३० रुपैयाँ, स्थानीय काउली २५ देखि ४० रुपैयाँ र तराई काउली १५ देखि २५ रुपैयाँसम्म रहेको छ ।

यसैगरी, रातो मूला र सेतो हाइब्रीड मूला प्रतिकिलो २० देखि ३० रुपैयाँसम्म रहेको छ । लाम्चो भन्टा २० देखि ३० रुपैयाँ र डल्लो भन्टा ४० देखि ५० रुपैयाँसम्म रहेको छ । तने बोडी ८० देखि ९० रुपैयाँ, मकै बोडी ४० देखि ५० रुपैयाँ र मटरकोशा ९० देखि १०० रुपैयाँसम्म रहेको छ ।

घिउ सिमी लोकल ७० देखि ८० रुपैयाँ, हाइब्रीड ५० देखि ६० रुपैयाँ र राजमा घिउ सिमी १२० देखि १३० रुपैयाँसम्म रहेको छ । टाटे सिमी ६० देखि ७० रुपैयाँ र भटमासकोशा १२० देखि १३० रुपैयाँसम्म रहेको छ ।

त्यस्तै, तितो करेला ८० देखि ९० रुपैयाँ, लौका ६० देखि ७० रुपैयाँ, लोकल परवर ७० देखि ८० रुपैयाँ र तराई परवर ९० देखि १०० रुपैयाँसम्म रहेको छ । चिचिण्डो ३० देखि ४० रुपैयाँ, घिरौला ६० देखि ७० रुपैयाँ, झिगूनी ६० देखि ७० रुपैयाँ र पाकेको फर्सी ६० देखि ७० रुपैयाँसम्म रहेको छ ।

लाम्चो र डल्लो हरियो फर्सी दुवैको मूल्य २० देखि ३० रुपैयाँसम्म रहेको छ भने भिण्डी १२० देखि १३० रुपैयाँ, सखरखण्ड ५० देखि ६० रुपैयाँ, बरेला ३० देखि ४० रुपैयाँ, पिँडालु ६० देखि ७० रुपैयाँ र स्कुस १५ देखि २५ रुपैयाँसम्म रहेको छ ।

रायो साग प्रतिकिलो ४० देखि ८० रुपैयाँ, पालुङ्गो साग ८० देखि १२० रुपैयाँ, चमसुरको साग १०० देखि १५० रुपैयाँ र तोरीको साग ३० देखि ५० रुपैयाँसम्म रहेको छ । त्यस्तै, मेथीको साग १०० देखि १५० रुपैयाँ, हरियो प्याज १५० देखि २०० रुपैयाँ, बकुला ९० देखि १०० रुपैयाँ र तरुल ९० देखि १०० रुपैयाँसम्म रहेको छ ।

च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २२० देखि २६० रुपैयाँ, डल्ले च्याउ ३२० देखि ३६० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँसम्म रहेको छ ।

कुरिलो ७०० देखि ८०० रुपैयाँ, ब्रोकाउली १०० देखि १२० रुपैयाँ, चुकुन्दर ८० देखि ९० रुपैयाँ, सजिवन २०० देखि २५० रुपैयाँ र रातो बन्दा १३० देखि १५० रुपैयाँसम्म रहेको छ ।

जिरीको साग १०० देखि १५० रुपैयाँ, सेलरी ४०० देखि ५०० रुपैयाँ, पार्सले २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँ, सौफको साग १०० देखि १५० रुपैयाँ र पुदीना ६०० देखि ७०० रुपैयाँसम्म रहेको छ ।

त्यस्तै, गान्टे मूला ८० देखि १२० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्द्रुक ३०० देखि ३५० रुपैयाँसम्म रहेको छ । रुख टमाटरको मूल्य प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्म रहेको छ ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३०० रुपैयाँ र मुस्ताङको स्याउ २०० देखि २५० रुपैयाँसम्म रहेको छ । नेपाली केरा र मालभोग केरा प्रतिदर्जन १०० देखि १५० रुपैयाँसम्म रहेको छ ।

कागती प्रतिकिलो २०० देखि ३०० रुपैयाँ, अनार ३०० देखि ४०० रुपैयाँ, नेपाली र भारतीय सुन्तला दुवै ९० देखि १०० रुपैयाँसम्म रहेको छ । हरियो तरबुजा ७० देखि ८० रुपैयाँ, मौसम १५० देखि २०० रुपैयाँ र जुनार १५० देखि २०० रुपैयाँसम्म रहेको छ । भुईँकटहर प्रतिगोटा १६० देखि २०० रुपैयाँसम्म रहेको छ ।

निबुवा प्रतिकिलो ५० देखि ६० रुपैयाँ, चाइनिज नासपाती २५० देखि ३०० रुपैयाँ, नेपाली मेवा ५० देखि ६० रुपैयाँ र भारतीय मेवा ९० देखि १०० रुपैयाँसम्म रहेको छ । अम्बा १५० देखि २०० रुपैयाँ र लप्सी ७० देखि ८० रुपैयाँसम्म रहेको छ ।

त्यस्तै, स्ट्रबेरी (भुईँऐँसेलु) प्रतिकिलो ४०० देखि ५०० रुपैयाँ, किवी २०० देखि ३०० रुपैयाँ, शरीफा १५० देखि २०० रुपैयाँ र आभोकाडो २०० देखि ३०० रुपैयाँसम्म रहेको छ । अमला ७० देखि ८० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि २०० रुपैयाँसम्म रहेको छ । नेपाली ड्रागन फ्रुटको मूल्य प्रतिकिलो ४०० देखि ५०० रुपैयाँसम्म रहेको छ ।

यसैगरी,अदुवा प्रतिकिलो ८० देखि ९० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ र हरियो लाम्चो खुर्सानी ७० देखि ८० रुपैयाँसम्म रहेको छ । त्यस्तै, हरियो बुलेट र माछे खुर्सानी दुवै १०० देखि १२० रुपैयाँ तथा अकबरे खुर्सानी १५० देखि २०० रुपैयाँसम्म रहेको छ ।

भेडे खुर्सानी ९० देखि १०० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ र हरियो धनियाँ ५० देखि १०० रुपैयाँसम्म रहेको छ । सुकेको चाइनिज र नेपाली लसुन दुवैको मूल्य २३० देखि २६० रुपैयाँसम्म रहेको छ ।

सुकेको छ्यापी १८० देखि २०० रुपैयाँ र हरियो छ्यापी १५० देखि २०० रुपैयाँसम्म रहेको छ ।

माछातर्फ सुकेको माछा प्रतिकिलो ८०० देखि १ हजार रुपैयाँसम्म रहेको छ । ताजा माछामध्ये रहुको मूल्य ३४० देखि ३७० रुपैयाँ, बचुवाको ३०० देखि ३३० रुपैयाँ र छडी माछाको ३२० देखि ३५० रुपैयाँसम्म रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments