मल र बिउको अभाव हुँदा सिन्धुलीमा जम्मा ८ प्रतिशत रोपाइँ

सिन्धुली : सिन्धुलीमा जम्मा ८ प्रतिशत मात्र रोपाइँ सकिएको छ। मल र बिउको अभाव हुँदा जिल्लामा धान रोपाइँ ढिला सुरु भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ। केन्द्रका प्रमुख भरतप्रसाद विडारीले कमलाखोंच, तीनपाटन, मरिण र सुनकोसीगढतिर क्षेत्रमा धान रोपाइँ ढिला सुरु भएको बताए।

जिल्लामा १६ हजार ४ सय ८२ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ। पर्याप्त मात्रमा मलखाद्य नपाउँदा समयमा रोपाई सुरुगर्न नसकिएको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारका किसान गौरब कार्कीले बताए। ‘सुरुमा मकै लगाउने बेला सिँचाइको अभाव हुँदा ढिला भयो, पछि मल नपाएर हैरान व्यहोर्नु परेको थियो। अहिले धान रोप्ने बेलामा पनि मलको पखाईमा बस्दा रोपाइँ गर्न पनि ढिला भएको उनको भनाइ छ। कमलामाई नगरपालिका ३ चपौलीका किसान विनोद सिग्देल पनि रसायनीक मल नपाउँदा समयमा धान रोप्न नपाएको गुनासो गर्छन्। कोरोना त्रासका बीच लकडाउन हुँदा घरमै केन्द्रीत रहेका किसानलाई मौसमले साथ दिए पनि हरेक वर्ष झैं यो वर्ष पनि मल अभावले पिरोलेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?