असिनाले बाँकेमा लाखौँको क्षति

बाँके, वैशाख । आइतबार साँझ परेको असिनाले बाँके जिल्लामा लाखौँको क्षति पु¥याएको छ । जिल्लाको डुडुवा गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । उक्त गाउँपालिकाका सयौँ घरका टायल र खपडा फुटाएर क्षति पु¥याएको छ भने दर्जनाँै नागरिक घाइते भएका छन् ।

टायल फुटेपछि पानी पसेर घरभित्र रहेको अन्नपात, लत्ताकपडामा क्षति पु¥याएको पीडितले बताएका छन् । किसानले लगाएको तरकारी बाली र गहँुमा समेत असिनाले क्षति पु¥याएको छ ।

वडा नं ५ का भागीराम खड्का, गोरीदेवी चलाउने, पहरू थारु, जसवीर सुनार, गोपाल सुनार, परमल दमार्इंलगायत सयाँै घरमाथि टायल र खपडा फुटाएकाले पानी पर्दा घरभित्र बस्न नहुने पीडित ८२ वर्षीय टीकाराम दमार्इंले बताए ।

असिनाले उक्त गाउँपालिकाकाको विभिन्न वडाका तरकारी बाली, मकै, गहुँलाई समेत क्षति पु¥याएपछि गाउँपालिकाले अनुगमन गरेको जानकारी दिंदै वडाध्यक्ष नरेन्द्रकुमार चौधरीले राहतका लागि सम्बन्धित निकायमा पहल गर्ने र गाउँपालिकाबाट पनि सक्दो सहयोग उपलब्ध गराउन पहल गर्ने बताए ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments