महोत्तरीका किसान वर्षाले राहत

बर्दिवास, वैशाख । माटो गाल्नेगरी पानी परेपछि महोत्तरी जिल्लाका किसान बर्खेबाली लगाउन व्यस्त छन् । आइतबार बिहानदेखि लगातार तीन दिनसम्म परेको पानीले खेतबारीमा पर्याप्त चिस्यान भएपछि जिल्लाका किसान बर्खे बाली लगाउने तयारीमा लागेका हुन् ।
बर्खे मकै, कोदो, जुनेलोलगायतका बाली लगाउन ढिलो भइरहेका बेला आइतबार र सोमबार माटो गालेर पानी परेपछि जिल्लाको उत्तर क्षेत्रका किसानको व्यस्तता बढेको छ । मकै, कोदो र जुनेलोलगायतको बाली लगाउनुका साथै जिल्लाको बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा बर्खे धानको ब्याड राख्न परेको यस भेगका किसानले बताएका हुन् ।

वैशाख पहिलो साताभित्रै लगाइन पर्ने मकै, कोदो, जुनेलो र धानको ब्याड राख्ने काम चिस्यानको कमीले गर्न सकिएको थिएन”, बर्दिवास–१३ का किसान रामविलास सिंह कुशवाहाले भन्नुभयो, “वैशाख तेस्रो साता लागेपछि बालीनाली लगाउन पर्याप्त चिस्यान हुने पानी परेको छ, त्यसैले हाम्रो व्यस्तता बढेको हो ।

जिल्लामा करीब ७० हजार हेक्टर जग्गा खेतीयोग्य भए पनि स्थायी सिँचाइ सुविधा छ हजार हेक्टरमा मात्र छ । जिल्लाको उत्तरी क्षेत्रमा पछिल्लो वर्षापछि किसान बर्खे बाली लगाउन र मध्य र दक्षिणी क्षेत्रका किसान चर्को घामले खरपट्ट धजा फाटेको जग्गा पानीले गलाएपछि खनजोतमा व्यस्त देखिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हिउँदे धानको खरुवन (कलम) लगाउन पनि ब्याडको तयारीमा किसान लागेका छन् । दक्षिणी क्षेत्रमा भने वर्षेनी डुबानको समस्या हुने भएकाले ढिलो धान रोपार्इं गर्नुपर्ने बाध्यता छ ।

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *