नार्कले नेपालमै हाइब्रिड धानको बीउ उत्पादन गर्ने

काठमाडौं, चैत २४ – नेपाल कृषि अनुसन्धान परिषद् नार्कले नेपालमा पहिलोपटक नेपाली हाइब्रिड धानको बीउ उत्पादन गर्ने भएको छ ।

राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम अन्तरर्गत हर्दिनाथ १ र हर्दिनाथ १० नामक हाइब्रिड धानको बीउ उत्पादन गर्न लागेको नार्कका सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरीकृष्ण उपे्रतीले जानकारी दिनुभयो ।

नार्कले तराइका विभिन्न ठाउँमा ४ वर्ष गरेको परीक्षणमा सामान्य धानभन्दा २० प्रतिशत बढी फलेको उप्रतीले जानकारी दिनुभयो । किसान आफैँले धानको बीउ उत्पादन गर्न नसक्ने र यसका लागि कृषि प्राविधिक चाहिने भएकाले केही  झण्झटिलो हुने उहाँको भनाई छ । यो जातको धान समुद्र सतहबाट ७ सय मिटर भन्दा तल खेती गर्न सकिनेछ । नेपाली हाइब्रिड धानको बीउ उत्पादन भएपछि किसानले अहिले लगाइरहेको भारतीय र चिनियाँ हाइब्रिड बीउ विस्थापन गर्न सक्ने उप्रेतीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments