केरा खेतीबाट विस्थापित हुने चिन्ता

सप्तरी, असोज २ गते । केराको व्यावसायिक खेतीबाट परिचित सप्तरीको हनुमाननगर–कङ्कालिनी नगरपालिका भारदहका केरा कृषकमा अब व्यवसायबाट विस्थापित हुने चिन्ता बढेको छ । कोसीटप्पु वन्यजन्तु आरक्ष र रासायनिक मलखाद, प्राविधिक र लागत अनुसारको बजार भाउ नपाउँदा उनीहरूमा चिन्ता छाएको हो ।
केही वर्षअघि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र विस्तारले उनीहरूमा चिन्ता थपिएको थियो भने अहिले बाढीपहिरो, मलखाद र बजार भाउले गर्दा केरा खेती विस्थापित हुने चिन्ता भएको छ । व्यावसायिक केरा खेतीबाट जीवन धानिरहेका तीन सयभन्दा बढी कृषक बेरोजगार हुने अवस्थामा पुग्ने अवस्था भइसकेको छ ।
करिब २१ सय बिघामा उत्पादन हुने यहाँको केरा काठमाडौँ, पोखरा, बुटवल, नारायणघाट, हेटौँडा, पशुपतिनगरसहित देशका विभिन्न सहरसम्म निर्यात हुने गरेको छ । मानकी, हाइब्रिड, नटबर, मालभोग, चम्पाचिनी, कुरकुटियालगायत आधा दर्जनभन्दा बढी जातका केरा उत्पादन गर्ने यहाँका कृषक सरकारबाट कुनै सहयोग नपाउँदा र केरा खेतीका लागि सहज रूपमा सप्तरी जिल्लामा मलखादसमेत उपलब्ध नहुने गरेका कारण आफूहरू खेतीबाट विस्थापित हुने अवस्थामा पुगिसकेको भारदहका केरा कृषक दिनेश मण्डलले बताउनुभयो ।
दैनिक गर्जो टार्नेदेखि घरपरिवार छोराछोरीको पढाइलेखाइ व्यावसायिक केरा खेतीमा नै निर्भर भएको भन्दै भारदहका कृषक बच्चा मण्डलले बताउँदैै भन्नुभयो, हाम्रो आयआर्जन गर्ने स्रोत केरा खेतीबाहेक अरु केही पनि छैन, केरा खेती पनि खोसियो भने हामी भिखारी हुन्छौँ । भारदहसँगै पोर्ताहा, बैरवा, योगिनिया, मधवापुर गाविसका कृषक व्यावसायिक केरा खेती गरी जीविकोपार्जन गर्दैआएको छ । उक्त व्यावसायिक केरा खेतीबाट वार्षिक रु. तीन÷चार अर्बको कारोबार हुने गरेको भारदहका केरा व्यापारी इन्द्रदेव लौगीले जानकारी दिनुभयो ।
अहिले सघन रूपमा हुँदैआएको केरा खेती पनि सरकारी स्तरबाट कुनै सुविधा नपाएको केरा कृषकले बताएका छन् । हुन त यहाँको केरा खेतीलाई प्रदेश २ को ब्रान्डको रूपमा स्थापित गर्न सकिन्छ तर यसतर्फ हालसम्म कुनै पहल नभएको स्थानीयवासी अकाशराज भण्डारीले बताउनुभयो ।

www.gorkhapatraonline.com

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

1 thought on “केरा खेतीबाट विस्थापित हुने चिन्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *