नेपालमा प्रांगारिक (अर्गानिक) खेतीको फाइदा, समस्या र समाधानका उपायहरु

प्रांगारिक

परिचय

बढ्दो जनसंख्या र घट्दो उर्बर खेतिभुमीका कारण खाद्यन्न आपूर्तिको लागि अहिले किसानहरु अत्यधिक रासायनिक मल, झारनाशक विषादी, रोग तथा किटनाशक विषादीको प्रयोग गरेको पाईन्छ ।सम्भवत यिनको प्रयोगले शुरुका वर्षहरुमा बढी उत्पादन दिएतापनि दिर्घकालिन रुपमा यी मल तथा बिषादिले माटोको उर्बराशक्ति नाश हुनुका साथै उत्पादन क्षमतामा समेत ह्रास हुँदै जाने विभिन्न अनुसन्धानबाट पत्ता लागेको पाईन्छ।अत्यधिक मात्रामा यी रासायनिक विषादी तथा मलको प्रयोगले खेतीको लागत पनि बढी हुन जान्छ।जसले गर्दा किसानले कृषिबाट सोचे अनुरुप मुनाफा लिन सक्दैनन ।साथै यी रासायनिक विषादी तथा मलको अत्यधिक प्रयोगले वाताबरणमा समेत उलेख्य असर गर्दछ।

अत्याधिक बिषादीको प्रयोगले मानव स्वास्थ तथा पर्यावरणमा असर देखिन थालेपछि प्राङ्गारिक खेतीको अवधारणा आएको देखिन्छ। यसरी पारिस्थितिक प्रणालीमा सन्तुलन कायम राखी स्वस्थ जीवन कायम गर्न अर्गानिक खेती उपयोगी हुने देखिन्छ।रासायनिक विषादी तथा रासायनिक मलखाद रहित गरिने खेतिलाई प्रांगारिक खेति मानिन्छ । प्रांगारिक खेतिमा रासायनिक मलखादको सट्टामा गोठेमल, कम्पोष्टमल, पिना, हरियो मल, गँडयौले मल, शुक्ष्म जैविक मल आदिको प्रयोग गरी तथा रासायनिक विषादीको सट्टामा स्थानीय स्तरमा पाइने जैविक बनस्पतीहरु जस्तैः बनमारा, निम, असुरो, तितेपाती आदिको प्रयोग गरी उत्पादन गरिएको कृषि उपज नै अर्गानिक उत्पादन हुन।

प्रांगारिक उत्पादनलाई बजारमा लैजानुपुर्व प्रयोगशालामा परिक्षण गरिे प्रमाण पत्र लिएर ट्याग लगाएपछि मात्र सो उत्पादन स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्न योग्य हुन्छ । नेपालमा निजि स्तरबाट पर्माकल्चर ग्रुप अफ नेपाल र विदेशी अर्गानिक एजेन्सी वान क्रेट, आइएमओ, नासा जस्ता संस्थाले अर्गानिक प्रमाणीकरण गर्दै आएको छ।

रासायनिक जन्य पदार्थको उपयोगले पार्ने प्रभावहरु

  1. रासायनिक जन्य पदार्थको अत्यधिक प्रयोगले माटोको उर्बराशक्ति नाश हुन्छ ।
  2. माटोमा पाईने फाइदाजनक सुक्ष्म जीवाणुहरु नाश हुन्छन ।
  3. किटनाशक तथा झारनाशक बिषादीको निरन्तर प्रयोगले किरा तथा झारमा प्रतिरोधात्मक क्षमता वृद्धि भई विषाधीले काम नगर्न वा धेरै प्रयोग गर्नु पर्ने हुन्छ जसको कारण अन्य लाभदायक किटाणुहरु जस्तै खपटे किरा, टाइगर विटल आदि नष्ट हुन्छन ।
  4. किटनाशक तथा झारनाशक बिषादीको निरन्तर प्रयोगले जल तथा वायु प्रदुषण पार्दछ।
  5. रासायनिक जन्य पदार्थ प्रयोग गरेको खाधान्न, तरकारी तथा फलफुलको प्रयोगले भोजनको माध्यम शरीरमा प्रवेश गरि विभिन्न स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

प्रांगारिक खेतीको फाईदाहरु

  1. प्रांगारिक खेतीद्वारा माटोको उर्बराशक्ति बढाउन सकिन्छ ।
  2. माटो तथा जल प्रदुषण रोक्न सकिन्छ ।
  3. मित्रजिव तथा लाभकारी किराहरुको संरक्षण गर्न सकिन्छ ।
  4. रासायनिक पदार्थमा लाग्ने लागत कम गरि नाफा कमाउन सकिन्छ ।
  5. किसानले कम लागतमा धेरै मुनाफा तथा गुणस्तर उत्पादन लिन सक्दछन ।
  6. प्रायजसो अर्गानिक उत्पादन द्वारा उत्पादित अन्न, फल तथा तरकारीको मुल्य अप्रांगारिकद्वारा उत्पादित पदार्थको तुलानामा महगोमा विक्री हुने गर्दछ ।

प्रांगारिक खेतीका मुख्य समस्याहरु तथा समाधानका उपायहरु

  1. अप्रांगारिक खेतीको तुलनामा प्रांगारिक खेती गर्न केहि अपठ्याराहरु हुने हुँदा कृषकहरुले यो प्रविधि अपनाउन केहि आनाकानी गरेको पाइन्छ ।हामीले हालसम्म अपनाउने गरेका खेती प्रविधिहरु जस्तै भए पनि प्रांगारिक खेतीमा रासायनिक मल र विषादीको सट्टामा प्रांगारिक मल र प्रांगारिक विषादीको प्रयोग गर्नु पर्छ ।
  2. यदि अप्रांगारीक खेती गरेको जग्गा छ भने प्रांगारीक खेती गर्नलाई करिब पाँच वर्ष प्रांगारिक खेती गरेपछि मात्रै सो जग्गालाई प्रांगारिक खेतीको लागी प्रमाणित गर्न सकिने हुन्छ ।
  3. प्रांगारिक उत्पादनलाई बजारमा लैजानुपुर्व प्रयोगशालामा परिक्षण गरिे प्रमाण पत्र लिएर ट्याग लगाएपछि मात्र सो उत्पादन स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्न योग्य हुन्छ । नेपालका प्रांगारिक उत्पादनलाई प्रमाणिकरण गर्न नासा (NASA) ले सहयोग गर्दै आएको छ । प्रांगारिक उत्पादन केहि महंगो पर्ने हुँदा ग्राहकहरुले किन्न हिचकिचाउने गरेको पनि पाइन्छ ।
  4. प्रांगारिक उत्पादनमा ग्यारेन्टी गर्न नसक्नु पनि हाम्रो एक ठुलो समस्या हो । प्रांगारिक खेतीको लागि सरकारले कृषकलाई राम्रो अनुदानको व्यवस्था र उत्पादनको बजारको उचित व्यवस्था तथा ग्यारेन्टी गर्नुपर्दछ।
  5. प्रांगारिक खेती व्यवसायमा यूवाहरुलाई संलग्न गराई दिगो स्वरोजगारको व्यवस्था मिलाउन सकिन्छ।
Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments