पुष्पव्यवसाय र यसको सम्भावना

फुल

पुष्पव्यवसाय भनेको फुलको व्यवसाय वा खेती हो, पुष्पव्यवसायको महत्व भनेको फुलको व्यवसाय वा खेतीपातीको गरिमा उपयोगिता वा उपलब्धी हो । वास्तवमा आजभोली फुलको बहु उपयोग जुन रफ््तार र गतिमा भईरहेको छ, फुलको मागमा दिनप्रतिदिन जुन गतिमा बृद्धि भईरहेको छ त्यही गतिमा यसको खेती वा व्यवसायको महत्वबारे चेतना जागृत हुन सकेको देखिदैन । फुलको खेती वा पुष्पव्यवसाय आजको युगमा निकै लाभदायक बहु–उपयोगि र प्रचुर नाफामुलक व्यवासयका रुपमा स्थापित हुन सक्ने सम्भावना देखिएको छ र यो नै यस व्यवसायको महत्व पनि हो ।

जन्मदेखी मृत्युसम्म फुलसँग मानिसको अटुट साइनो गाँसिएको हुन्छ, त्यसैले आज यस व्यवसायको महत्व बढ्दै गएको छ । बालकको धर्तिमा आगमन पश्चात् त्यसको खुखीयालीमा शुभचिन्तकहरुले पुष्पगुच्छाद्वारा बालकका बाबुआमालाई बधाई टक्रा्याउँछन् । यहाँबाट शुरु भएको मानव र फुलको सम्बन्ध बढ्दै जान्छ । जन्मोत्सव, विवाहोत्सव र अन्य खुशीका उत्सवहरुमा पुष्पगुच्छाको अर्पण गर्ने पश्चिमी चलनले शहरिया सभ्यतालाई ढपक्के ढाकेको छ । विदाईका आँशुका थोपासँग मात्र होइन, स्वागतका हर्वाश्रुसगसँगै पुष्पगुच्छा अर्पण गर्ने प्रचलन आजभोली विकसित हुँदो छ । मानिस अशक्त र रोगी हुँदा शीघ्र स्वास्थ्यलाभको कामना गर्न पनि फुल नै दिइन्छ । पदोन्नती र नयाँ नियुक्तिमा बधाई टक्रायाउन चाहने आफन्तहरुले उल्लासमय वातावरणमा पुष्पगुच्छा नै अर्पण गर्दछन् । प्रेमी–पे्रमीका दिवस (भ्यालेनटाइन डे) का दिन ह्रदयको प्रेभ भावनालाई फुलकै गुच्छा मार्फत प्रेमी प्रेमीकाहरुले प्रेषण गर्दछन् । फुल खुशी र दुःखमा पनि साथ दिने प्रकृतिको सुन्दर उपहार हो । कुनै व्यक्तिले ठूलो पद प्राप्त गर्ना साथ उसलाई पुष्पगुच्छाहरुको शुभ उपहार दिइन्छ । त्यतिमात्रै होइन मृत्युको काखमा पुगेका बेला पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुष्पगुच्छाहरुकै ओइरो लाग्छ । यसरी जीवनमा जन्मदेखी मृत्युसम्मका घटनाहरु र जीवनका खुस, दुख, खुशी, पीर, आँशु–हासो जस्ता क्षणहरुमा निरन्तर उपयोग हुने फुलले मानजीवनका सुख र दुःख मा अवनरत रुमा साथ दिइरहेको हुन्छ । त्यसैले फुलको बहुउपयोगिताका सन्दर्भमा यसको खेतीको महत्व स्वतः सिद्ध हुन्छ ।

पुष्पव्यवसायबाट व्यवसायिहरुले प्रचुर फाइदा आर्जन गर्न सक्ने हुँदा पुष्पव्यवसाय यहाँ महत्वपूर्ण व्यवसायका रुपमा विकसित हुन सक्छन । वनमा आफै फुलेका वनफुलहरुबाट मात्र यो व्यवसाय फस्टाउँदैन यसका लागि योजनाबद्ध ढङ्गले फुलको व्यवसाय गर्नुपर्ने हुन्छ । फुलको व्यवसायका लागि नेपाल ज्यादै उपयुक्त भूमि हो, फुलको व्यवसायका लागि विविधतायुक्त हावापानी चाहिन्छ र नेपाल विविध हावापानी भएको मुलुक हो । यहाँ अहिले हाम्रा सयपत्री, मखमली, चम्पा, लालीगुराँस जस्ता मौसमी फुलहरुका अतिरिक्त विदेशी फुलहरु र कटिङ्ग फ््लावरहरु (काटिएको फुलहरु) को उत्पादन एवम् व्यवसायले बजारमा नयाँ रौनक थपिएको छ । विदेशी फुलहरुप्रतिको आकर्षणले यसको खेतीतर्फ पुष्पव्यवसायीहरुलाई आकर्षण गराएको छ । हिजोभन्दा आज विभिन्न स्थानमा पुष्पगुच्छाका पसलहरु बजारमा देख्न पाइन्छ ।

हिन्दु संस्कार र मान्यता अनुरुप फुलहरु देवताका प्रसाद हुन् । मन्दिर परिसरमा फुल बेच्ने व्यापारीहरुले आफ््नो रोजीरोटी चलाएकै छन् । घरमा हुने विभिन्न पुराण, पुजा र व्रतहरुमा पनि फुल नै चाहिन्छ । गाउँमा फुलको खेती गरेर शहरमा पु¥याउन सकियो भने अवश्य पनि जताको आर्थिक स्थितिमा सुधार आउन सक्दछ । हिन्दुहरुका चाड, पर्व उत्सव व्रत, अनुष्ठान आदि अनेक अवसरमा फुलको उपयोग अत्याधिक मात्रामा भईरहेको छ र यसको महत्व अनदिकालदेखी नै रहीआएको छ । पुष्पव्यवसायको अर्को महत्वपूर्ण पक्ष मौरीपालन व्यवसाय र कृषि व्यवसायसँग पनि यसको सहसम्बन्ध हुनु जहाँ फुल फुल्दछन् त्यहाँ मौरीहरु झुल्दन् । फुलको खेतीसँगै ग्रामीण क्षेत्रमा पनि मौरी पालन व्यवसायको सञ्चालन गर्न सकिन्छ । अन्य खेती वालीसँगे सयपत्री साथै अन्य फुलहरु घुसुवा वालीको रुपमा लगाएमा विभिन्न किसिमका रोग किराको नियन्त्रण हुनुका साथै माटोमा रहेको नेमाटोडको पनि नियन्त्रण हुन्छ । नेपालका सवै भेकमा पुष्पव्यवसायको उत्तिकै महत्व छ भन्न सकिन्न् । नेपालको पश्चिम क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा पुष्पव्यवसायको निकै महत्व रहेको छ । ग्रामीण क्षेत्रमा फुललाई आँगनका डिल र करेसावारीमा पुजाको प्रयोजनको लागि मात्र लगाइन्छ । फुलको किनवेच हुन्छ भने सुन्दा पनि कतिपय ग्रामीण क्षेत्रका मानिसहरु हाँस्छन् तर पश्चिम संस्कृति र संस्कारमा सम्प्रेषक विभिन्न प्रसारण माध्यमहरुद्वारा शहरिया युवा पुस्ता आर्कषित त भई फुलको उपयोग गर्ने प्रचलन बढेको हो । फुलप्रति बढ्दै गएको सौख तथा हाम्रो जस्तो वातावरणीय विविधता भएको मुलुकमा त यस व्यवसायको सञ्चालन गर्दा यो अत्यान्तै फलदायक हुने देखिन्छ ।

पुष्पव्यवसायको महत्व हिजोभन्दा आज आजभन्दा भोली झन् झन् टड्कारो रुपमा बढ्दै जाने देखिन्छ । अन्य व्यवसायलाई झै सरकारले यस व्यवसायको सञ्चालनका लागि आवश्यक सुविधा उपलब्ध गराई सञ्चार माध्यमहरु मार्फत यसको महत्वलाई उजागर गर्ने हो भने पुष्पव्यवसायले नेपालको पर्यटन व्यवसायलाई समेत प्रभावित पार्न सक्छ र उछिन्न सक्छ । पुष्पव्यवसायमा आज देवी–देउताका मन्दिर अगाडी डोकामा फुल राखेर गर्ने व्यवसाय मात्रै सिमित छैन । ठुला–ठुला र अन्य व्यापारिक केन्द्रहरुमा पनि पुष्पगुच्छाहरुको विक्रि वितरण हुदैछ । यसबाट पुष्पव्यवसायको भविष्य समुज्वल छ र पुष्प व्यवसायलाई अंगालेर नेपाली व्यवसायीहरुले प्रचुर मात्रामा आफ््नो आय आर्जन गर्न सक्छन् भन्न सकिन्छ ।

लेखक:तुल्सीराम भुसाल ‘कृषि विद्यार्थी’ , कृसुष श्रेष्ठ ‘कृषि प्राबिधिक ‘ (लेखक भुसाल र श्रेष्ठ दुबैजना पुर्बान्चल बिश्वबिद्धालयमा कृषि सङकायमा अध्यनरत विद्यार्थी हुन् )

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments