अङ्गुर खेती प्रबिधी र यसको उपयोगिता

परिचय:

अङ्गुर एक बहु-उपयोगी ,स्वादिष्ट र पोषणतत्त्वले भरिपुर्ण फल हो। अङ्गुरको अङ्ग्रेजी नाम Grape हो भने बैज्ञानिक नाम Vitis vinifera, Lubrusca हो। यो फल नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमै फेमस एक झुप्पे फलफूल हो। तराईदेखि उच्च पहाडसम्म खेती गर्न सकिने एकमात्र फलफूलमा अङ्गुर पर्दछ।

उत्त्पति : यसको उत्त्पति दक्षिण पुर्बीएसियाको भुमध्यसागरिय छेत्र र अमेरिकी महादिपमा भएको मानिन्छ।

जलबायु : अङ्गुरखेती यसको जात अनुसार विभिन्न क्षेत्रमा गर्न सकिन्छ। समुन्द्र सतहबाट करिब 1500 मिटरसम्म यसको खेती गर्न सकिन्छ। यसको खेतिका लागि लामो समयसम्म गर्मीहुने स्थान उपयुुक्त हुन्छ तर तुसारो र सुख्खा यसले सहन सक्दैन। अङ्गुरका लागि चाहिने औसत तापक्रम करिब 20-40 °c उपयुुक्त मानिन्छ। अङ्गुर लगाइसकेपछी बडने समयमा पानि पर्नु राम्रो हुन्छ। तर फलफुल्ने र फललाग्ने समय त्यति उपयुक्त मानिदैन। फलफल्ने बेला वर्षा भएमा फल कम लाग्छ, फल पाक्ने समयको वर्षाले फललाइ फुटाउने गर्दछ।

माटो: अङ्गुरखेती प्राय सबैप्रकारकोमाटोजस्तै : बलौटे ,दोमट, वालुबा मिसिएको र पानी नजम्ने माटोमा यसको खेती सफलता पुर्बक गर्न सकिन्छ। अङ्गुर बिरुवाले अम्लिय माटो भन्दा हलुका क्षारियमाटो मनपराउछ। माटोको pH करिब 5.5 देखि 6.5 सम्म उपयुक्त मानिन्छ।

जग्गाछनोट : जग्गा छनोट गर्दा पारिलो ,सिचाइको सुबिधा भएको, सुर्यको प्रकाश सजिलै पर्ने दक्षिण वा पुर्बी दक्षिण फर्केको भएमा निकै राम्रो हुन्छ। हल्का भिरालोखालको जमिनभएमा पानि जम्ने सम्भावना रहदैन।

रोप्नेतरिका :सर्बप्रथम त सम्मोजमिनमा बर्गकाररेखांकन गरेपछि अङ्गुर रोप्ने दुरिमा करिब एक मिटर गहिरो र एक मिटर चौडाइ भएको खाल्डो पुषमा खनी करिब 15-20 दिनछोड्नुपर्दछ। 3-4 मिटरको दुरिमा बिरुवा रोप्न सकिन्छ। 15-20 दिनपछि आबसयक मल माथिल्लो भागको माटोमा मिलाएर खाल्डो पुर्नुपर्दछ।

रोप्नेसमय : सामान्यता अङ्गुरको बिरुवा पुष- माघतिर लगाउने गरिन्छ तर पोलिब्यागमा उमारेको बिरुवा अन्य समयमा पनि लगाउन सकिन्छ। प्रया हागाकाटेर यसको बिरुवा तयार गरिन्छ। करिब 20-25 Cm कोपेन्सिल साइजको हागाकाटी अक्सिजन हर्मोन प्रयोग गरि बिरुवा तयार गरिन्छ।

जातहरु: रेडग्लोब , केआरव्हाइटमिडिका आदि यसका राम्रो उत्पादन दिने जातहरु हुन।

उपयोगः
अंगुर एक स्वादिष्ट फल भएकोले यसलाई विभिन्न किसिमले उपयोग गर्ने गरिन्छ।यसलाई ताजा फलदेखि सुख्खा फल(दाख), जुस, वाईन, ब्राण्डी र जेलीको रुपमा उपयोग गरिन्छ।

१. अंगुरको सेवनले अपचर कब्जियतको समस्या कम हटाउँछ।

२. अंगुरको नियमित सेवनले हृदयघातको जोखिम धेरै मात्रामा कम गर्दछ।

३. यसको सेवनले हड्डि बलियो बनाउँछ।

४. अंगुरको सेवनले छालाको सौन्दर्य बढाउँछ।

५. मधुमेहका कारण आँखामा हुने समस्याबाट बच्न अंगुरको सेवन लाभदायी हुन्छ।

६. अंगुरको नियमित सेवनले अल्जाईमर रोग लाग्नबाट बचाउँछ।

७. अंगुरमा गुल्कोजको मात्रा पाइने भएकाले शरीरलाई फूर्तिलो बनाउँछ।

मलखादः मलखादले विरुवालाई स्वस्थ र बलियो, दिर्घायू बनाउनुका साथै फलको गुणस्तर तथा उत्पादन उत्पादकत्वमा महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले सिफारिस गरेको मलखादको मात्रा अनिबार्य प्रयोग गर्नुपर्दछ।बयस्क बगैंचाको लागी भिन्न देशमा भिन्न मात्रामा मलखादको सिफारिस गरिएको छ ।

सिंचाईः अन्य फलफुल खेतीको तुलनामा अंगुरखेतीमा न्यून सिंचाईको सुविधाले पुग्दछ।तर पनि अंगुरको विरुवाको जराधेरैगहिरो नजाने भएकाले चिस्यानको ख्याल गर्नुपर्दछ। मुख्य दुई अबस्थामा, पालुवा तथा फूलफुल्ने समय र फलको बृद्धि अबस्थामा सिंचाईको अनिबार्यता रहन्छ तर फल पाक्ने बेलामा सिंचाई दिनुहुदैन। हिंउद र बर्षा मौसममा सिंचाईको आबश्यकता पर्दैन।

गोडमेलः अंगुर बगैचामा झारपात बाक्लो भएमा हावा र प्रकाश राम्रोसंग संचार हुन पाउदैन जसले गर्दा रोग र किराको आश्रयस्थल बन्न पुग्दछ र समस्या निम्तिन सक्दछ। त्यसैले बगैचा हमेसा सफाभई रहनुपर्दछ।बगैंचा सरसफलाईको लागी दुईतरिका अबलम्बन गर्न सकिन्छ।

१)Clean culture: खासगरी समथर जग्गामा अंगुर बगैचा लगाईएको स्थानमा झार नाशक विषादी प्रयोग गरेर बगैचाको सरसफाई गर्न सकिन्छ। विशेषगरी झारनाशक विषादीको प्रयोग बसन्तरबर्षा (spring and summer season) मा मात्र गर्नु उपयुक्त हुन्छ। यसकालागी Glyphosate नामक झारनाशक विषादी प्रतिलिट र पानीमा ५ मि.लि.का दरले घोली अंगुरको पातमा नपर्ने गरीछर्नुपर्दछ।

२)Sod culture: भिरालो किसिमको जग्गामा अंगुर बगैंचा लगाईएको स्थानमा यो विधि अपनाउने गरिन्छ।यस विधिमा बोटको वरिपरिमात्र घाँस उखेली बाँकी घाँसको चउरलाई खन जोतनगरीकन घाँस काट्ने मेशिन वा हसियाँले मसिनोगरी काट्ने गरिन्छ।

काटछाट ( Training and pruning ): बोटको पाटझरेपछी तर पालुवा नपलाउदै पुष- माघ महिनामा गर्नुपर्दछ।काटछाट गरिसकेपछि आबशयक बिसादी प्रयोग गर्नुपर्दछ, यसो गर्दा धेरै लामो समयसम्म आम्दानी भित्रयाउन सकिन्छ।वर्षायाममा गोडमेल पछि त्यसबाट निस्केको झारलाइ छापोको रुपमा प्रयोग गर्न सकिन्छ। बोटलाइ निश्चित आकार र सहायता दिनको लागि फलाम , बाँस , काठ , आदिको थाग्रो दिएर लहरालाइ झुन्डाउनु पर्दछ। काटछाट गरिएका लहरालाइ साहारा दिई डोरि वा तारमा फैलाइ बाध्नुपर्दछ।

फलटिपाइ : सामान्यता अङ्गुरमा रोपेको ३ बर्षपछि फल लाग्न सुरु गर्दछ। एकपटक लगाएको अङ्गुरले कम्तिमा 20-30 बर्षसम्म राम्रो फल दिन्छ। फल लगाएपछी पाक्ने समय यसको जात र लगाएको ठाउको हाबापानीमा भरपर्दछ। अङ्गुर पाक्न करिब 3-5 महिना लाग्दछ। फललाइ राम्रोसग बोटमै पाक्न दिनुपर्दछ। अङुर पाक्न करिब 3-5 महिना लाग्दछ।फललाई राम्रोसग बोटमै पाक्न दिनुपर्दछ। पाकिसकेपछी फल बिहानको समयमा टिप्ननुउ पयुक्तहुन्छ।

भण्डार : करिब 85-90% सापेछिक आद्रता भएको राम्ररी हाबासचालित हुने ठाउमा भण्डार गरेर अङ्गुरलाई 6-8 महिना सुरछित राख्नसकिन्छ।

Leave a Reply

Your email address will not be published.