बारीलाई मल बारीबाटै

वर्षायाम लाग्दै छ। बिस्तारै बिस्तारै पानी परेसँगै बारीमा घाँस पलाउन थालेको छ । अब त यसो बारीतिर गयो, हरियाली देख्न पाइन्छ भन्ने हामी सोच्छौँ, तर यहि सँगै किसानले भन्दै होलान्् “बारीमा कति घाँस पलाएको, फेरी गाई वस्तुले नखाने घाँस पलाएछ, उखालेर फाल्नकै टन्टो ।” उता गाई वस्तु नपाल्ने र करेसा बरीमा केहि तरकारी लगाउने किसानहरु भन्दै होलान्, “यसो १, २ वटा बाख्रा अथवा भैसी पालेको भएपनि यी घाँसहरु दिन हुन्थ्यो, तरकारीलाई मात्र असर पारेको छ, उखालेर फालिदिनु पर्यो । यस्तै कुराहरु सोची हामी ती बारीबाट निस्किएका फोहोरहरुलाई त्यसै अव्यवस्थित रुपमा वारीको डिलमा, कान्लामा अथवा एक छेउमा फालिदिने गर्छौँ । त्यहि खेति गर्ने क्रममा भने हामी केहि किसानहरु बारीमा मलको अभाव भयो भन्दै यूरिया लिन बजार हिड्छौँ । यसो गरिरहँदा हामी आँफैले बिरुवालाई चाहिने खाद्य तत्व खेरा फालेका छौँ भन्ने कुरा भने विचार पुर्याउँदैनौँ । साँचै नै हामीले ती बारीमा निस्किएका फोहोरलाई सदुपयोग गर्न नसक्दा आँफैले उत्पादनलाई घटाइरहेका छौँ । त्यी बोट बिरुवा, घाँसपात, र पशुपालन गर्ने कृृषकहरुले गोबर र पिसाबलाई अव्यवस्थित रुपमा फाल्दा त्यसबाट बिरुवाले पाउन सक्ने खाद्य तत्व घटेर जान्छ । त्यसैले हामीले थोरै कुरामा ध्यान पुयार्यमा मात्र बिना खर्च बारीमानै मलको उत्पादन बढाई बिरुवालाई खाद्य तत्वको आवयश्कता पुर्याउन सक्छौँ ।

ध्यान दिनुपर्ने कुराहरु:

  • आफ्नो घर बारीबाट आउने त्यस्ता बस्तुहरुको तुलनामा एउटा खाडल तयार पार्ने,
  • खाडलको क्षेत्रफल आवश्यकता अनुसार फरक पर्छ, गहिराइमा १ मिटर जतिको बनाउन उचित,
  • खाडल तयार भएपछि हामीसँग रहेका बस्तुहरु जस्तै पराल, घरी काटीएको केराको बोट, उखुका पात, तरकारीका जमिनमा छोएका या पहँेलीएका पुराना पात, बारीमा देखा परेका घाँस पात, रुखबाट झरेका पात, भान्छा कोठाबाट निस्किएको फोहोर, जनावरको मलमुत्र, गोबर, खरानी आदिलाई तह तह बनाएर खाडलमा राख्ने,
  • हरेक तहमा जोरनको रुपमा पानी, माटो, चुन, राख्न सकिन्छ,
  • यसरी खाडल ५० से.मी.उचाई सम्म भरिसकेपछि यसबाट खाद्य तत्व खेर जान नदिन माटोले यसलाई छोप्ने,
  • वर्षामा पानीबाट जोगाउन छापो दिने,
  • यसरी तयार पारेको डेढ महिनामा पहिलो पटक र त्यसपश्चात एक महिनापछि २ पटक यसलाई पल्टाइदिने,
  • यसरी मोल पल्टाउँदा हरेक तहमा पानी छर्कीयौँ भने मल छिटो तयार हुन्छ,
  • राखेको ३ महिना पश्चात खाद्य तत्वले भरिएको कम्पोस्ट मल तयार हुन्छ ।

कम्पोस्ट मलका धेरै फाइदाहरु छन् । राम्रोसँग गलेको कम्पोस्टमा बिरुवालाई चाहिने तिनै मुख्य पोषक तत्व(नाइट्रोजन, फोस्फोरस, पोटासियम) पाइन्छ । यो बाहेक कम्पोष्ट मलमा थप सल्फर, कार्बन, म्याग्नेसियम, क्याल्सियम, बोरन, कपर, आयोडिन, आइरन, जिंक र मैंगनीज पाइन्छ । खाद्य तत्व र पाइने मात्रा तल दिइएको छ।

यसले माटोको बनावट सुधार गर्छ, जैविक पदार्थको मात्रा बढाउछ, खाद्य तत्वलाई समातेर राख्छ, बढि हावाको प्रवेश गराँउछ र पानीको मात्रा कायम राख्छ । यसका अलावा पनि यसका अन्य थुप्रै फाइदाहरु छन् । यसरी घरेलु विधिबाट नै हरिया घाँसपातलाई खाद्य तत्वले भरिएको मलमा परिवर्तन गराउन सकिन्छ भने हामीले किन ती घाँस पातलाई यत्र तत्र फालिदिने त ????

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?