हलुवाबेद फलको महत्त्व : सल्यानमा हलुवाबेद कार्यक्रम सञ्चालन

सल्यान : सल्यानमा व्यावसायिक रूपमा बिक्री गर्न हलुवाबेद कार्यक्रम सञ्चालन गरिएको छ । हलुवाबेद फलको महत्त्व बुझी खोजिखोजी खान थाले पछि सल्यानमा हलुवाबेद कार्यक्रम सञ्चालन गरिएको हो ।

विगतमा व्यावसायिक रूपमा बिक्री नहुँदा प्रवर्द्धन पनि खासै भएको पाइदैन्थ्यो तर पछिल्लो समय भने शहर बजारमा माग बढ्दै जान थालेपछि कार्यक्रम सञ्चालन गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

यो फलमा ३० भन्दा ज्यादा पोषण तत्त्व पाइने हुँदा पछिल्लो समय यसको माग बढ्दै थालेको कृषि विकास कार्यालय सल्यानका ब्लक विकास अधिकृत सन्दीप लामिछानेले बताउनुभयो । शारदा नगरपालिकाको रातामाटाका हरेक घर घरमा हलुवाबेद उत्पादन हुँदै आइरहेकाले यसको खेती विस्तार गर्दै उचित व्यवस्थापन, बजारीकरणका लागि कार्यक्रम मार्फत पहल गरिने उनको भनाई छ ।

फुयु र जिरो जातका हलुवाबेदका बिरुवा कीर्तिपुरको फलफूल विकास केन्द्रबाट ल्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको उनको भनाई छ ।

हलुवाबेद मानव शरीरको लागि बुहउपयोगी पौष्टिक फलफूलमा पर्दछ । रासायनिक र औषधीय गुणका कारण अत्यन्तै महत्त्वपूर्ण मानिने भएकाले शहरमा यसको माग बढ्दै गएको कार्यालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?