गाउँ रित्तिँदै र सहर भरिँदै :कुल जनसङ्ख्याको एक तिहाइ मात्र गाउँमा

काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार गाउँ रित्तिँदै र सहर भरिँदै गएका छन् । कुल जनसङ्ख्याको दुई तिहाइ जनसङ्ख्या सहरमा केन्द्रित भएका छन् भने एक तिहाइ मात्र गाउँमा छन् ।

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई सहरी र गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कुल जनसङ्ख्यामा सहरी जनसङ्ख्या ६६।०८ प्रतिशत छ । ग्रामीण जनसङ्ख्या ३३।९२ प्रतिशत छ । राष्ट्रिय जनगणना २०६८ मा कुल जनसङ्ख्याको १७।०७ प्रतिशत सहरी जनसङ्ख्या र ८२।९३ प्रतिशत ग्रामीण जनसङ्ख्या रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा। हेमराज रेग्मीका अनुसार जनगणनाको तथ्याङ्कका आधारमा कुल जनसङ्ख्याको दुई तिहाइ जनसङ्ख्या सहरमा र एक तिहाइ मात्र गाउँमा देखिएको छ । उहाँका अनुसार नेपालमा क्रमिक रूपमा सहरको सङ्ख्या बढ्दै गएको र व्यक्ति स्वाभाविक रूपमा सुविधाभोगी भएकाले गाउँभन्दा सहरमा बसाइँ सर्ने क्रम पनि बढेको हो । गाउँमै सहरकै सुविधा उपलब्ध गराएर थातथलोमा नै नागरिकलाई बस्ने वातावरण तयार पारिदिने हो भने सहरी जनसङ्ख्यामा कमी आउँदै जान्छ ।

सहरमा जनसङ्ख्या धेरै हुनु सभ्यताको प्रतीक पनि भएको डा। रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “विपन्न मुलुकको कोटीबाट विकासोन्मुख मुलुकमा प्रवेश गर्न पनि गाउँमा भन्दा सहरमा जनसङ्ख्या धेरै हुुनपर्छ यो सकारात्मक हो । ” नेपालमा गाउँपालिकाको सङ्ख्या ४६० र महानगर, उपमहानगर र नगरपालिकाको सङ्ख्या २९३ रहेका छन् । सबैभन्दा धेरै जनसङ्ख्या भएका सहरमा काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका छन् । सबैभन्दा धेरै जनसङ्ख्या भएको काठमाडौँ महानगरपालिकामा आठ लाख, ६५ हजार ९०६ र सबैभन्दा कम जनसङ्ख्या भएको मानाङको नार्पाभूिम गाउँपालिकामा ४४२ जनसङ्ख्या रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।, यो समाचार आजको गोरखापत्रबाट साभार गरिएको हो ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments