ह्वात्तै बढ्यो काउलीको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ५०,लोकल गोलभेडा सानो २०,टनेल गोलभेडा सानो २८,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ११० रुपैयाँ,आलु रातो ६८ रुपैयाँ,मुडे आलु रातो ६०,भारतीय आलु रातो ५४,लौका ५०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी ७० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ,सिताके च्याउ ९५०,राजा च्याउ २८०,कन्य च्याउ १५० रुपैयाँ, तने बोडी ८०,मकै बोडी ७०,बन्दा लोकल ६० रुपैयाँ,लोकल गाजर १०० रुपैयाँ, मूला रातो ३५,लोकल मूला सेतो २० रुपैयाँ,भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०,तितो करेला ६० रुपैयाँ,ब्रोकाउली २००,कागती २५० रुपैयाँ,भिण्डी २५ रुपैयाँ,रातो बन्दा १८० रुपैयाँ,लोकल काक्रो ५५ रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १६० रुपैयाँ,अनार ३८० रुपैयाँ,रुख कटहर ८०,लोकल नासपाती ९०,चाइनिज नासपाती २५०,नेपाली मेवा ६०,भारतीय मेवा १००,किवि ४०० रुपैयाँ,आभोकाडो २००,अम्बा १४०,तरबुजा ६०,फूजी स्याउ ३०० रुपैयाँ,शरीफा १५०,मौसम १३० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ४०० रुपैयाँ,लप्सी ५०,पिंडालू ७०,चुकुन्दर ७०,तामा १००,स्कूस २५,रायो साग प्रतिकेजी १८०,तोरीको साग ८०,प्याज हरियो २५०,लसुन हरियो ३५०,हरियो धनिया ४०० रुपैयाँ,पुदीना प्रतिकेजी ६०० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २८०,बचुवा माछा २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २५० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी ९० रुपैयाँ ,भेडे खु्र्सानी १२० रुपैयाँ,न्यूरो प्रतिकेजी ९० रुपैयाँ,टाटे सिमी १२०,लसुन सुकेको नेपाली २८०,चाइनिज लसुन सुकेको ३२०,लोकल परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको १२०,भटमासकोशा ९० रुपैयाँ रहेको समितिले जनाएको छ ।