बजारमा भारतीय प्याजको हालिमुहाली,कालिमाटीमा छैन नेपाली प्याजको मुल्य सूची

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ६०,लोकल गोलभेडा सानो २०,टनेल गोलभेडा सानो २८,घिउ सिमी लोकल ९०,काउली स्थानिय प्रतिकेजी ११० रुपैयाँ,आलु रातो ६५ रुपैयाँ,मुडे आलु रातो ६५,भारतीय आलु रातो ५६,लौका ५०,हरियो फर्सी डल्लो ४० रुपैयाँ,घिरौला प्रतिकेजी ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४३० रुपैयाँ,सिताके च्याउ ९५०,राजा च्याउ २८०,कन्य च्याउ १६० रुपैयाँ, तने बोडी ८०,मकै बोडी ७०,बन्दा लोकल ६० रुपैयाँ,लोकल गाजर १०० रुपैयाँ, मूला रातो ४०,लोकल मूला सेतो २५ रुपैयाँ,भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०,तितो करेला ७० रुपैयाँ,ब्रोकाउली १८०,कागती २४० रुपैयाँ,भिण्डी ३० रुपैयाँ,रातो बन्दा १८० रुपैयाँ,लोकल काक्रो ५० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १३० रुपैयाँ,अनार ३५० रुपैयाँ, चोसा आँप २५०,रुख कटहर ८०,लोकल नासपाती ९०,चाइनिज नासपाती २००,नेपाली मेवा ६०,भारतीय मेवा १००,किवि ४०० रुपैयाँ,आभोकाडो २५०,अम्बा १५०,तरबुजा ५०,फूजी स्याउ ३०० रुपैयाँ,शरीफा २००,मौसम १४० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी ३५० रुपैयाँ,लप्सी ६०,पिंडालू ७०,चुकुन्दर ७०,तामा १००,स्कूस २५,रायो साग प्रतिकेजी ११०,तोरीको साग ७०,प्याज हरियो २२०,लसुन हरियो २००,हरियो धनिया ३०० रुपैयाँ,पुदीना प्रतिकेजी ५०० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २४०,बचुवा माछा २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी ३०० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी ९० रुपैयाँ ,भेडे खु्र्सानी १२० रुपैयाँ,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,टाटे सिमी ११०,लसुन सुकेको नेपाली २६०,चाइनिज लसुन सुकेको ३००,लोकल परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको १२६,भटमासकोशा १००  रुपैयाँ रहेको समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments