ह्वात्तै घट्यो कागतीको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ५०,लोकल गोलभेडा सानो २५,टनेल गोलभेडा सानो ३०,घिउ सिमी लोकल ९०,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ, भारतीय प्याज सुकेको १२२, आलु रातो ६८ रुपैयाँ,मुडे आलु रातो ६०,भारतीय आलु रातो ५५ ,लौका ५०,हरियो फर्सी डल्लो ६० रुपैयाँ,घिरौला प्रतिकेजी ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३८० रुपैयाँ,सिताके च्याउ ९५०,राजा च्याउ २८०,कन्य च्याउ १२० रुपैयाँ, तने बोडी ६०,मकै बोडी ७०,बन्दा लोकल ५० रुपैयाँ,लोकल गाजर ९० रुपैयाँ, मूला रातो ३०,लोकल मूला सेतो २० रुपैयाँ,भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ४०,तितो करेला ७०  रुपैयाँ,ब्रोकाउली १५०,कागती २०० रुपैयाँ,भिण्डी ३० रुपैयाँ,लोकल काक्रो ८० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १३० रुपैयाँ,अनार ३५० रुपैयाँ,लोकल नासपाती ९०,चाइनिज नासपाती २५०,नेपाली मेवा ६०,भारतीय मेवा १००,किवि ४०० रुपैयाँ,आभोकाडो २००,अम्बा १२०,तरबुजा ६०,फूजी स्याउ ३०० रुपैयाँ,मौसम १३० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी ४०० रुपैयाँ, चुकुन्दर ७०,लप्सी ४०,पिंडालू ७०,तामा ९०,स्कूस २०,रायो साग प्रतिकेजी ९०, पालूगो साग १३०,तोरीको साग ५०,प्याज हरियो २५०,लसुन हरियो २८०,हरियो धनिया २०० रुपैयाँ,पुदीना प्रतिकेजी ५५० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २८०,बचुवा माछा २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २५० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी ८० रुपैयाँ ,भेडे खु्र्सानी ८० रुपैयाँ,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,टाटे सिमी ५०,लसुन सुकेको नेपाली २८०,चाइनिज लसुन सुकेको ३००,गुन्दुक प्रतिकेजी २५०,भटमासकोशा ९० रुपैयाँ,लोकल परवर ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?