भारतीय मेवा उच्च मुल्यमा कारोबार हुँदा घट्यो नेपाली मेवाको मुल्य
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ५०,लोकल गोलभेडा सानो २०,टनेल गोलभेडा सानो ३०,घिउ सिमी लोकल ९०,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ, भारतीय प्याज सुकेको १२५, आलु रातो ६८ रुपैयाँ,मुडे आलु रातो ६०,भारतीय आलु रातो ५५ ,लौका ५०,हरियो फर्सी डल्लो ४० रुपैयाँ,घिरौला प्रतिकेजी ५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ,सिताके च्याउ ९५०,राजा च्याउ २८०,कन्य च्याउ १२० रुपैयाँ, तने बोडी ६०,मकै बोडी ८०,बन्दा लोकल ५० रुपैयाँ,लोकल गाजर १०० रुपैयाँ, मूला रातो ३०,लोकल मूला सेतो २० रुपैयाँ,भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०,तितो करेला ६० रुपैयाँ,ब्रोकाउली १४०,कागती २०० रुपैयाँ,भिण्डी ३० रुपैयाँ,लोकल काक्रो ५० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १४० रुपैयाँ,अनार ३५० रुपैयाँ,लोकल नासपाती ९०,चाइनिज नासपाती २८०,नेपाली मेवा ५०,भारतीय मेवा १००,किवि ४०० रुपैयाँ,आभोकाडो २००,अम्बा १२०,तरबुजा ६०,फूजी स्याउ ३०० रुपैयाँ,मौसम १३० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ४०० रुपैयाँ, चुकुन्दर ६०,लप्सी ४०,पिंडालू ६०,तामा ९०,स्कूस २०,रायो साग प्रतिकेजी १००, पालूगो साग १२०,तोरीको साग ५०,प्याज हरियो २००,लसुन हरियो २५०,हरियो धनिया १८० रुपैयाँ,पुदीना प्रतिकेजी ६०० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २८०,बचुवा माछा २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २५० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी ९० रुपैयाँ ,भेडे खु्र्सानी १०० रुपैयाँ,न्यूरो प्रतिकेजी ७० रुपैयाँ,टाटे सिमी ५०,लसुन सुकेको नेपाली २८०,चाइनिज लसुन सुकेको ३००,गुन्दुक प्रतिकेजी २५०,भटमासकोशा १०० रुपैयाँ,लोकल परवर ५० रुपैयाँमा कारोबार भइरहेको छ ।