बल्खु तरकारी बजार डुबानमा,ह्वात्तै बढ्यो तरकारीको मुल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य १४० रुपैयाँ,भारतीय प्याज सुकेको ११५,नेपाली गोलभेडा सानो प्रतिकेजी ७० रुपैयाँ,भारतीय गोलभेडा ठूलो १००,टनेल गोलभेडा सानो ८०,घिउ सिमी लोकल ९०,आलु रातो ७५ रुपैयाँ,मुडे आलु रातो ७३,भारतीय आलु रातो ५८,लौका ९०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी १३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ,राजा च्याउ २८०,कन्य च्याउ १४० रुपैयाँ,तने बोडी १००,बन्दा लोकल ८० रुपैयाँ, मकै बोडी ९०,लोकल गाजर १८० रुपैयाँ, मूला रातो २५,लोकल मूला सेतो २० रुपैयाँ,भन्टा लाम्चो २५ रुपैयाँ,कागती २०० रुपैयाँ,लोकल काक्रो ११० रुपैयाँ,तितो करेला १०० रुपैयाँ, अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १४० रुपैयाँ,अनार ३०० रुपैयाँ,नेपाली मेवा ५०,भारतीय मेवा १००,किवि ३०० रुपैयाँ,आभोकाडो २००,अम्बा ७०,फुजी स्याउ ३००, तरबुजा ८०,चाइनिज नासपाती २८०,अमला ९०,मौसम ११० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी ४५० रुपैयाँ, चुकुन्दर ९०,रायो साग प्रतिकेजी १४०,पालूगो साग १८०,प्याज हरियो २५०,लसुन हरियो ३५०,हरियो धनिया ३०० रुपैयाँ,पुदीना प्रतिकेजी ७०० रुपैयाँ ,लप्सी ४०,पिंडालू ६०,तामा ९०,स्कूस ५०, रहु माछा ३३०,छडी माछा २३०,बचुवा माछा २३० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २८० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी २०० रुपैयाँ ,भेडे खु्र्सानी १२० रुपैयाँ,लसुन सुकेको नेपाली ३००,चाइनिज लसुन सुकेको २८०, न्यूरो प्रतिकेजी ७० रुपैयाँ,टाटे सिमी ६०,गुन्दुक प्रतिकेजी २५०,भटमासकोशा ६०,बरेला ११०,लोकल परवर ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?