ह्वात्तै घट्यो किविको मूल्य,हेर्नुहोस् आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ,ज्यापु काउली स्थानिय ९०,घिउ सिमी लोकल १२०,नेपाली गोलभेडा सानो प्रतिकेजी ८० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ८०, भारतीय गोलभेडा सानो ८५ ,तराइ गोलभेडा सानो ९०,टनेल गोलभेडा सानो ११०,आलु रातो ६० रुपैयाँ,आलु सेतो ५८,भारतीय आलु रातो ६०,भारतीय प्याज सुकेको ९०,लौका ५०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी ८० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ,कन्य च्याउ १६० रुपैयाँ,तने बोडी १४०,बन्दा लोकल ६० रुपैयाँ,मकै बोडी ६०,लोकल गाजर १४० रुपैयाँ, मूला रातो ५०,लोकल मूला सेतो ३५ रुपैयाँ, सखरखण्ड ८०,ब्रोकाउली १२० रुपैयाँ,भन्टा लाम्चो ६० रुपैयाँ,भिण्डी १००,कागती १४० रुपैयाँ, लोकल काक्रो ९० रुपैयाँ,मटरकोशा १७०,तितो करेला ९० रुपैयाँ,अदुवा प्रतिकेजी ११० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ,अनार ३५० रुपैयाँ,शरिफा २००,नेपाली मेवा ४०,भारतीय मेवा ९०,किवि १८० रुपैयाँ,अंगुर कालो ३५०,नेपाली सुन्तला ८०,भारतीय सुन्तला ९०,स्ट्रबेरी ४०० रुपैयाँ,आभोकाडो २००,फुजी स्याउ २८०, झोले स्याउ २४०,अम्बा १८०,अमला ८०,जुनार ३००,मौसम १५० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी न्यूनतम मूल्य ११०० रुपैयाँ,चिचिन्डो ५०,चुकुन्दर १००,रायो साग प्रतिकेजी ३५,चससुरको साग १२०,पालूगो साग ८०,तोरीको साग ५०,मेथीको साग १००,प्याज हरियो १००,लसुन हरियो २००,हरियो धनिया १८० रुपैयाँ,पिंडालू ६०,तामा ९०,स्कूस २०,लप्सी ४० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार हरियो खुर्सानी अकबरे प्रतिकेजी २५०,खुर्सानी सुकेको ३८० रुपैयाँ,हरियो खुर्सानी ४०,भेडे खु्र्सानी ८० रुपैयाँ,लसुन सुकेको नेपाली ३५०,चाइनिज लसुन सुकेको ३५०,गुन्दुक प्रतिकेजी २८०,टाटे सिमी ११०,रुख टमाटर १५०,बरेला ६०,लोकल परवर ८० रुपैयाँमा कारोबार भइरहेको छ।