आज देशभर आंशिकदेखि साधारण बदली, विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, बैशाख २३ –
देशका हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। यद्यपि पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। हिमाली क्षेत्रमा पनि एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने देखिएको छ।
मौसमी प्रणालीको बारेमा जानकारी दिँदै महाशाखाले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको बताएको छ।
जनमानस तथा कृषक वर्गलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।