कोशी र सुदूरपश्चिममा चट्याङसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हल्का हिमपातको संकेत

२०८२ बैशाख २४, काठमाडौं —
दिउँसोको जस्तै रातिको मौसम पनि पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने कोशी प्रदेश लगायत केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना यथावत रहेको छ। साथै, देशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको विभागले जनाएको छ। मौसम पूर्वानुमान विभागले उच्च भू-भागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।