स्थानीय लिच्चीको भाउ बढ्यो, भारतीय सस्तियो
काठमाडौं । यस वर्षको फलफूल बजारमा लिच्चीको मूल्यले अनौठो प्रवृत्ति देखाएको छ। सामान्यतया आयातित फलफूलभन्दा स्थानीय उत्पादन सस्तो हुने गरे पनि यसपटक भने भारतीय लिच्चीको तुलनामा नेपाली (लोकल) लिच्ची महँगो भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार, आज स्थानीय लिच्ची प्रतिकिलो अधिकतम रू १९० मा कारोबार भइरहेको छ। अर्कोतर्फ, भारतबाट आयातित लिच्चीको मूल्य भने घटेर प्रतिकिलो रू १७० मा झरेको छ।
बजारमा भारतीय लिच्चीको आपूर्ति बढेकाले मूल्य घटेको तर ताजा र स्वादिलो मानिने स्थानीय लिच्चीको माग उच्च हुँदा मूल्य बढेको व्यवसायीहरू बताउँछन्। यससँगै उपभोक्ताहरूले सस्तोमा भारतीय वा महँगोमा स्थानीय लिच्ची रोज्नुपर्ने अवस्था आएको छ।
