९१ हजार मेट्रिक टन मल मौज्दात, किसानलाई ढुक्क हुन कृषिमन्त्रीको आग्रह

काठमाडौं –

कृषिमन्त्री रामनाथ अधिकारीले देशमा रासायनिक मलको पर्याप्त मौज्दात रहेको बताउँदै किसानलाई अभाव नहुनेमा आश्वस्त पार्नुभएको छ। बिहीबार संसदीय समितिको बैठकमा बोल्दै उहाँले हाल ९१ हजार मेट्रिक टन मल मौज्दात रहेको र सहज वितरण भइरहेको जानकारी दिनुभयो।

मन्त्री अधिकारीले दुग्ध किसानको साढे ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको स्वीकार्दै उखु किसानले पाउनुपर्ने गत वर्षको अनुदान रकम एक-दुई दिनमै खातामा पठाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकमा चैते धानको समर्थन मूल्य, भण्डारण तथा किसानका अन्य भुक्तानीका विषयमा पनि छलफल भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?