बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर मनसुनी प्रभाव जारी

काठमाडौं, श्रावण ०७ :

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधवार पनि देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको हो।

महाशाखाले आज दिउँसो बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी तराईका भू-भागका थोरै स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राती पनि देशभर आंशिकदेखि साधारणतया बदली कायमै रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

विभागले भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?