“श्रावण १५ को मौसम: आज कहाँ-कहाँ पर्दैछ मेघगर्जनसहित वर्षा ?”
काठमाडौं, १५ श्रावण। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबार पनि देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना बढेको हो।
विभागले आज दिउँसो र राती देशका पहाडी भू-भागका केही स्थानहरू र तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको पूर्वानुमान गरेको छ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा मौसम आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र देशका अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यसैगरी, लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै र मधेश प्रदेशलगायत बाँकी तराईका एक-दुई स्थानमा पनि वर्षा हुने विभागले जनाएको छ।
आज राती कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। रातीको समयमा मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका अन्य भू-भागका एक-दुई स्थानमा पनि वर्षाको पूर्वानुमान गरिएको छ।
विभागले वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट ब च्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
