भारतीय र नेपाली उत्पादनको मूल्यमा कति छ भिन्नता, थाहा पाउनुहोस् विस्तृतमा
काठमाडौं, १५ श्रावण।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबार, श्रावण १५ गतेका लागि तरकारी तथा फलफूलको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको सूचीअनुसार आज सबैभन्दा महँगोमा पार्सले र सबैभन्दा सस्तोमा तितो करेला, लाम्चो भन्टा र हाइब्रीड काँक्रो रहेका छन्।
समितिका अनुसार आज ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकेजी न्यूनतम रू ५० देखि अधिकतम रू ६० सम्म रहेको छ भने सानो लोकल गोलभेडाको मूल्य प्रतिकेजी रू २४ देखि रू ३० सम्म तोकिएको छ। यसैगरी, टनेलको सानो गोलभेडा प्रतिकेजी रू ३० देखि ४० मा कारोबार भइरहेको छ।
आलुतर्फ रातो आलुको मूल्य प्रतिकेजी रू ४२ देखि ४६, भारतीय रातो आलु रू २७ देखि ३० र मुडेको रातो आलु रू ३७ देखि ४० सम्म रहेको समितिले जनाएको छ। यस्तै, भारतीय सुकेको प्याजको मूल्य प्रतिकेजी रू ३६ देखि ३८ कायम भएको छ।
आज लोकल गाजर प्रतिकेजी रू ९० देखि १०० र तराईको गाजर रू ८० देखि ९० मा बिक्री भइरहेको छ। लोकल बन्दा प्रतिकेजी रू २५ देखि ३२ मा कारोबार हुँदा स्थानीय काउलीको मूल्य रू ६० देखि ७० र तराईको काउली रू ५० देखि ६० रहेको छ। यस्तैगरी, रातो मूलाको मूल्य प्रतिकेजी रू ३५ देखि ४५ र सेतो हाइब्रीड मूला रू २५ देखि ३५ मा किनबेच भइरहेको छ।
समितिका अनुसार लाम्चो भन्टा प्रतिकेजी रू १० देखि २० र डल्लो भन्टा रू ३० देखि ३५ मा कारोबार भइरहेको छ। तने बोडीको मूल्य रू ४० देखि ५० रहँदा मकै बोडी रू ५० देखि ६० मा बिक्री भइरहेको छ। यस्तै, घिउ सिमी लोकल प्रतिकेजी रू ४० देखि ५०, हाइब्रीड घिउ सिमी रू ३० देखि ४०, टाटे सिमी रू ४५ देखि ५५ र भटमासकोशा रू १०० देखि १२० सम्ममा कारोबार भइरहेको छ।
आज बजारमा सबैभन्दा सस्तो तरकारीमध्ये एक तितो करेलाको मूल्य प्रतिकेजी न्यूनतम रू १० देखि अधिकतम रू २० सम्म रहेको छ। यसैगरी लौका रू २० देखि ३०, लोकल परवर रू ४० देखि ५०, तराईको परवर रू ४५ देखि ५०, चिचिण्डो रू १५ देखि २५ र घिरौला रू २० देखि ३० सम्ममा कारोबार भइरहेको छ। यस्तै, झिगूनी प्रतिकेजी रू ४० देखि ५०, पाकेको फर्सी रू ४० देखि ५०, लाम्चो हरियो फर्सी रू १५ देखि २५ र डल्लो हरियो फर्सी रू २५ देखि ३५ रहेको छ।
त्यस्तै, सलगमको मूल्य प्रतिकेजी रू ६० देखि ७०, भिण्डी रू ४० देखि ५०, सखरखण्ड रू ७० देखि ८०, पिंडालू रू ६० देखि ७० र स्कूस रू ३० देखि ४० कायम भएको छ।
सागपाततर्फ रायोको साग प्रतिकेजी रू ३५ देखि ४५, पालूगोको साग रू ४५ देखि ५५ र तोरीको साग रू ४० देखि ५० रहेको छ। हरियो प्याजको मूल्य भने प्रतिकेजी रू १०० देखि १२० सम्म पुगेको छ।
च्याउतर्फ राजा च्याउको मूल्य रू २८० देखि ३०० र सिताके च्याउ रू ९०० देखि १०००, कन्य च्याउ प्रतिकेजी रू १२० देखि १६० र डल्ले च्याउ रू ३५० देखि ४०० मा कारोबार भइरहेको छ। विशेष तरकारीतर्फ कुरिलो प्रतिकेजी रू २०० देखि ३००, न्यूरो रू ८० देखि ९०, ब्रोकाउली रू १४० देखि १६०,कागती प्रतिकेजी रू १२० देखि १५०, चकुन्दर रू ६० देखि ७० र सजिवन रू २०० देखि २२० रहेको छ। यस्तै, रातो बन्दाको मूल्य प्रतिकेजी रू २२० देखि २५०, जिरीको साग रू ८० देखि १००, सेलरी रू १०० देखि १२०, सौफको साग रू १६० देखि १८० र पुदीना रू १५० देखि १८० रहेको छ। आज बजारमा सबैभन्दा महँगो रहेको पार्सलेको मूल्य प्रतिकेजी रू १००० देखि १२०० सम्म तोकिएको छ।
यसैगरी, इमलीको मूल्य प्रतिकेजी रू १९० देखि २००, तामा रू १०० देखि १२०, तोफु रू १०० देखि १२० र गुन्द्रुक रू ३०० देखि ३५० रहेको समितिले जनाएको छ।
फलफूलतर्फ झोले स्याउ प्रतिकेजी रू २२० देखि २५० र फूजी स्याउ रू ३०० देखि ३५० मा कारोबार भइरहेको छ। केरा प्रतिदर्जन रू १३० देखि १४०, अनार रू ३०० देखि ३५० र हरियो तरबुजा रू ७० देखि ८० मा बिक्री भइरहेको छ। यस्तै, आँप मालदह प्रतिकेजी रू १७० देखि १८५, दसहरी आँप रू १७५ देखि १८५ र चोसा आँप रू १४० देखि १५० रहेको छ। मौसमको मूल्य प्रतिकेजी रू १४० देखि १६०, किवि ६०० देखि ७००, आभोकाडो रू ६०० देखि ६५०,जुनार रू २२० देखि २५० र भुई कटहर प्रतिगोटा रू १४० देखि १६० कायम भएको छ।
लोकल काँक्रोको मूल्य प्रतिकेजी रू ४० देखि ५० रहँदा हाइब्रीड काँक्रो रू १० देखि १५ मा झरेको छ। रुख कटहरको मूल्य रू ४० देखि ५०, लोकल नासपाती रू ४० देखि ६० र चाइनिज नासपाती रू २२० देखि २४० रहेको छ। यसैगरी, भारतीय मेवा प्रतिकेजी रू ९० देखि १००, अम्बा रू २२० देखि २५०, लप्सी रू ४० देखि ४५, किवि रू ६०० देखि ७०० र आभोकाडो रू ६०० देखि ६५० सम्ममा कारोबार भइरहेको छ।
मसलाजाततर्फ अदुवाको मूल्य प्रतिकेजी रू ८० देखि ९० रहेको छ। सुकेको खुर्सानी रू ३२० देखि ३८०, हरियो खुर्सानी रू ५० देखि ६०, बुलेट खुर्सानी रू ४० देखि ५०, माछे खुर्सानी रू ४५ देखि ५५ र अकबरे खुर्सानी रू १८० देखि २०० सम्ममा बिक्री भइरहेको छ। भेडे खुर्सानीको मूल्य रू ५० देखि ६०, हरियो लसुन रू १०० देखि १२० र हरियो धनिया रू ३०० देखि ४०० रहेको छ। यस्तै, चाइनिज सुकेको लसुन प्रतिकेजी रू १८० देखि २०० र नेपाली सुकेको लसुन रू १४० देखि १६० मा कारोबार भइरहेको छ। छ्यापी सुकेको रू १६० देखि १८० र हरियो छ्यापी रू १८० देखि २०० सम्म रहेको छ।
माछाको मूल्यतर्फ ताजा रहु माछा प्रतिकेजी रू ३१० देखि ३३०, बचुवा माछा रू २७० देखि ३०० र छडी माछा रू २२० देखि २४० रहेको समितिले जनाएको छ।
