स्थानीयदेखि भारतीय तरकारीसम्मको नयाँ थोक मूल्य निर्धारण, कुन वस्तुको मूल्य कति ?
काठमाडौँ, ९ माघ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज विभिन्न तरकारी तथा फलफूलको मूल्यमा केही फेरबदल देखिएको छ।
समितिका अनुसार गोलभेडा ठूलो (भारतीय) को न्यूनतम मूल्य प्रतिकिलो ९० र अधिकतम १०० रुपैयाँ तोकिएको छ। यस्तै, गोलभेडा सानो (लोकल) ३५ देखि ४० रुपैयाँ, गोलभेडा सानो (टनेल) ५५ देखि ७० रुपैयाँ, गोलभेडा सानो (भारतीय) ४० देखि ५० रुपैयाँ र गोलभेडा सानो (तराई) को मूल्य ५० देखि ६० रुपैयाँ कायम गरिएको छ।
यसैगरी, आलु रातोको मूल्य प्रतिकिलो २६ देखि ३० रुपैयाँ र आलु रातो (भारतीय) २३ देखि २५ रुपैयाँ तोकिएको छ। प्याज सुकेको (भारतीय) ४२ देखि ४५ रुपैयाँमा कारोबार भइरहेको छ भने गाजर (लोकल) ५० देखि ६० रुपैयाँ र गाजर (तराई) ३२ देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ।
त्यसैगरी, काउली स्थानीयको मूल्य प्रतिकिलो ५५ देखि ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७० देखि ८० रुपैयाँ र काउली तराई ५० देखि ६० रुपैयाँ निर्धारण गरिएको छ। बन्दा (लोकल) ५० देखि ६० रुपैयाँ, बन्दा (तराई) ४० देखि ५० रुपैयाँ र बन्दा (नरिवल) ३५ देखि ५० रुपैयाँमा उपलब्ध छ। मूला रातो ३० देखि ४० रुपैयाँ, मूला सेतो (लोकल) १२ देखि १६ रुपैयाँ र सेतो मूला (हाइब्रीड) १८ देखि २२ रुपैयाँमा पाइन्छ।
यस्तै, काक्रो (लोकल) को मूल्य ८० देखि १०० रुपैयाँ र काक्रो (हाइब्रीड) ५५ देखि ६५ रुपैयाँ तोकिएको छ। भन्टा लाम्चो ४५ देखि ६० रुपैयाँ र भन्टा डल्लो ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ। सिमी र बोडीतर्फ मकै बोडी ४० देखि ५० रुपैयाँ, मटरकोशा ६० देखि ८० रुपैयाँ, घिउ सिमी (लोकल) १०० देखि १२० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ८५ देखि १०० रुपैयाँ, घिउ सिमी (राजमा) १२० देखि १४० रुपैयाँ र टाटे सिमी ७० देखि ८० रुपैयाँ कायम भएको छ।
समितिका अनुसार तितो करेला प्रतिकिलो १३० देखि १६० रुपैयाँ, लौका ७५ देखि ९० रुपैयाँ, परवर (तराई) २२० देखि २४० रुपैयाँ, भिण्डी १३० देखि १५० रुपैयाँ र सलगम ७० देखि ८० रुपैयाँ तोकिएको छ। फर्सी पाकेको ४५ देखि ५५ रुपैयाँ, फर्सी हरियो (लाम्चो) ३० देखि ३५ रुपैयाँ र हरियो फर्सी (डल्लो) ३५ देखि ४० रुपैयाँमा उपलब्ध छ। सखरखण्ड ६० देखि ७० रुपैयाँ, बरेला ४५ देखि ५५ रुपैयाँ, पिंडालू ५५ देखि ७० रुपैयाँ, स्कूस ७० देखि ८० रुपैयाँ र तरुल ६० देखि ८० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, सागसब्जीको मूल्य हेर्दा रायो साग प्रतिकिलो २० देखि ३५ रुपैयाँ, पालूगो साग ६० देखि ८० रुपैयाँ, चमसूरको साग ६० देखि ८० रुपैयाँ, तोरीको साग ३० देखि ४० रुपैयाँ र मेथीको साग ७० देखि ९० रुपैयाँ तोकिएको छ। प्याज हरियो ४० देखि ५० रुपैयाँ, जिरीको साग ९० देखि १०० रुपैयाँ, सौफको साग ७० देखि ९० रुपैयाँ, सेलरी १८० देखि २०० रुपैयाँ, पार्सले ५०० देखि ६०० रुपैयाँ र पुदीना ३०० देखि ३८० रुपैयाँमा बिक्री भइरहेको छ।
त्यसैगरी, च्याउतर्फ च्याउ (कन्य) प्रतिकिलो ९० देखि ११० रुपैयाँ, च्याउ (डल्ले) ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ कायम गरिएको छ। ब्रोकाउली ५० देखि ८० रुपैयाँ, चुकुन्दर ६० देखि ७० रुपैयाँ, सजिवन २७० देखि ३०० रुपैयाँ, रातो बन्दा ९० देखि ११० रुपैयाँ, ग्याठ कोबी ५० देखि ६० रुपैयाँ र गान्टे मूला ७० देखि ८० रुपैयाँमा पाइन्छ। तामा ११० देखि १२० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ, गुन्दुक ३५० देखि ४०० रुपैयाँ र रुख टमाटर २४० देखि २६० रुपैयाँ तोकिएको छ।
यस्तै, फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २२० देखि २८० रुपैयाँ, स्याउ (फूजी) २८० देखि ३५० रुपैयाँ र केरा प्रतिदर्जन १४० देखि १८० रुपैयाँ तोकिएको छ। कागती ९० देखि ११० रुपैयाँ, अनार ३०० देखि ३५० रुपैयाँ, सुन्तला (नेपाली) १४० देखि १७० रुपैयाँ, तरबुजा (हरियो) ९० देखि १०० रुपैयाँ, मौसम १िलो ११० देखि १२० रुपैयाँ र जुनार ११० देखि १२० रुपैयाँमा उपलब्ध छ। भुई कटहर प्रतिगोटा १४५ देखि १५५ रुपैयाँ, निबुवा प्रतिकिलो ५५ देखि ६५ रुपैयाँ, नासपाती (चाइनिज) २०० देखि २३० रुपैयाँ, मेवा (नेपाली) ६० देखि ७० रुपैयाँ र लप्सी १०० देखि १२० रुपैयाँ तोकिएको छ। किनु ११० देखि १२० रुपैयाँ, स्ट्रबेरी ४५० देखि ५५० रुपैयाँ, किवि २०० देखि २८० रुपैयाँ र आभोकाडो २५० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको छ।
समितिका अनुसार अदुवा प्रतिकिलो ९० देखि ११० रुपैयाँ, अमला ७० देखि ८० रुपैयाँ, खुर्सानी सुकेको ३५० देखि ४२० रुपैयाँ र खुर्सानी हरियो ९० देखि १०० रुपैयाँ कायम भएको छ। खुर्सानी हरियो (बुलेट) १०० देखि १२० रुपैयाँ, खुर्सानी हरियो (माछे) ८० देखि ९० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) ४५० देखि ५५० रुपैयाँ र भेडे खुर्सानी ७० देखि ८० रुपैयाँ तोकिएको छ। लसुन हरियो ४० देखि ७० रुपैयाँ, हरियो धनिया ४५ देखि ६० रुपैयाँ, लसुन सुकेको चाइनिज २२० देखि २४० रुपैयाँ र लसुन सुकेको नेपाली १८० देखि २२० रुपैयाँमा उपलब्ध छ। छ्यापी सुकेको १३० देखि १६० रुपैयाँ, छ्यापी हरियो १८० देखि २०० रुपैयाँ र इमली १७० देखि १८० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, माछाको मूल्य हेर्दा ताजा माछा (रहु) प्रतिकिलो ३२० देखि ३४० रुपैयाँ, ताजा माछा (बचुवा) २६० देखि २८० रुपैयाँ, ताजा माछा (छडी) २३० देखि २५० रुपैयाँ र माछा सुकेको ८०० देखि १००० रुपैयाँ तोकिएको समितिले जनाएको छ।
