इलामको चिया कारखानामा भिषण आगलागी

इलाम :इलामको सूर्योदय नगरपालिका ५ स्थित श्रीअन्तुमा रहेको इलाम टी स्टेट चिया कारखानामा आगलागी भएको छ ।

आज अपराह्न सुरु भएको आगलागी नियन्त्रणका लागि झापा र इलामका दमकल तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी खटिइरहेका छन् ।

कारखानाको भौतिक संरचना सहित उत्पादित चिया नष्ट भएको छ । क्षतिको पूरा विवरण आउन केही समय लाग्ने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?