एकसय ११ हेक्टर जमिनमा एक लाखभन्दा बढी वृक्षरोपण

जानकी:बाँकेस्थित डिभिजन वन कार्यालयले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनका एक सय ११ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी एवं सहायक डिभिजन वन अधिकृत गणेश खड्काका अनुसार आर्थिक वर्ष ०७९/०८० मा एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार छ सय बिरुवा लगाइएको थियो ।

एक हेक्टर जमिनमा एक हजार छ सयका दरले बिरुवा लगाइएको छ । कृषि वन तथा बृहत्तर हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत जनप्रतिभा सामुदायिक वन क्षेत्रको चार हेक्टर,  वनशक्ति सामुदायिक वन क्षेत्रको पाँच हेक्टर, दुद्धेश्वर महादेव बर्फानीबाबा धार्मिक वन क्षेत्रको पाँच हेक्टर, झिझरी महिला सामुदायिक वन क्षेत्रको चार हेक्टर,, वागेश्वरी सामुदायिक वनक्षेत्रको १२ दशमलव४७, हेक्टर अशोक सामुदायिक वनक्षेत्रको सात दशमलव५१ हेक्टर र सिद्धबाबा सामुदायिक वन क्षेत्रको पाँच हेक्टर गरी कूल ९०  हेक्टर खालिजमिनमा बिरुवा रोपिएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

त्यसैगरी गाजी सामुदायिक वन क्षेत्रको सात दशमलव ५१ हेक्टर, गरिब नवाज सामुदायिक वन क्षेत्रको दस दशमलव आठ, रानी सामुदायिक वनक्षेत्रको पाँच दशमलव ५३, पन्नहवादेवी सामुदायिक वन क्षेत्रको १२दशमलव १८, श्री रामकुट्टी सामुदायिक वन क्षेत्रको दस, राप्ती पीडित सामुदायिक वन क्षेत्रको १५हेक्टर खाली जमिनमा वृक्षरोपण गरिएको थियो  सूचना अधिकारी खड्काका  अनुसार राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी श्री न्यू हरियाली सामुदायिक वनको छ  हेक्टर जग्गामा वृक्षरोपण गरिएको छ ।

ती बन क्षेत्रको खाली जमिनमा खयर, अस्ना, जामुन, बर्रो, बेल, विजयसाल, शिरीष, सिसौँ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, खम्हारी, श्वेतचन्दन, राजवृक्षलगायत बिरुवा लगाइएको छ । एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार छ सय बिरुवा लगाउँदा बिरुवा उत्पादन, वृक्षरोपण तथा तारबार गर्न रु एक करोड ११ लाख खर्च भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी शम्शेरगञ्ज शव बन डिभिजन कार्यालयले पनि आवको ०७९/०८० मा साढे १८ हेक्टर जमिनमा २९ हजार छ सय वृक्षरोपण गरेको थियो।  डिभिजन वन कार्यालयले  बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनार र बगरलगायत खाली जग्गा भएका क्षेत्र पहिचान गरी लाखौँ बिरुवा रोप्दै आएको छ । सोहीअनुरुप आव ०७९/०८० मा वृक्षरोपणको कामलाई निरन्तरता दिँदै एक लाखभन्दा बढीे वृक्षरोपण गरिएको हो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?