जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुग्यो,१०९ धक्का

काठमाडौँ : पश्चिम नेपालमा शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३२ जनाको मृत्यु भएको छ ।

शनिवार बिहान साढे ९ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । जाजरकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ । 

भूकम्प गएपछि अहिलेसम्म १०९ धक्का मापन भएको छ । त्यसमा राति ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ गरी चार पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३  म्याग्निच्युडका भूकम्प गएका थिए । 

अन्य भूकम्पका धक्का भने चार म्याग्निच्युडभन्दा सानो मापन भएको जानकारी ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?