किसानको आशिर्बाद र बालेन सरकार: पसिनाले मूल्य पाएपछि गाउँमा छाएको खुसीको लहर

भनिन्छ, जसको घरमा किसान मुस्कुराउँछ, त्यो देश कहिल्यै भोकै बस्दैन। वर्षौँदेखि उपेक्षित र आफ्नै माटोमा पराई बनेका नेपाली किसानहरूका लागि आज समयले कोल्टो फेरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा वर्तमान सरकारले कृषि क्षेत्रमा चालेको एउटा दुरगामी कदमले आज गाउँगाउँका किसानहरूको ओठमा मुस्कान मात्र ल्याएको छैन, उनीहरूको हृदयबाट सरकारका लागि आशिर्बादको वर्षा समेत भइरहेको छ।

हिजोका दिन सम्झिँदा आज पनि किसानका आँखा रसाउँछन्। बारीमा लटरम्म फलेका मालभोग, सखरचिनी, धुसरे र झपरी जस्ता अमृत समान स्वादका केराहरू ३०-४० रुपैयाँमा पनि बिक्री हुँदैनथे। पसिना बगाएर फलाएको उत्पादन बजार नपुग्दै कुहिएर जाँदा वा गाई-वस्तुलाई कुँडोको रूपमा खुवाउनुपर्दाको पीडा शब्दमा वर्णन गर्न सकिन्नथ्यो। तर, बालेन सरकारले विदेशी आयातको बाटो छेकेर स्वदेशी उत्पादनलाई बजारको रातो कार्पेट बिछ्याएपछि आज ती दिन एकादेशको कथा बनेका छन्।

अहिले गाउँका कुनाकाप्चामा व्यापारीहरू केरा खोज्दै किसानको ढोकैमा पुग्न थालेका छन्। हिजो मूल्य नपाएर रोएका किसानहरू आज प्रतिदर्जन ५० देखि १०० रुपैयाँसम्म बारीमै पाउँदा दङ्ग छन्। सडकको पहुँच र केराको गुणस्तर अनुसार पाएको यो उचित मूल्यले किसानहरूमा एउटा नयाँ उर्जा भरेको छ। उनीहरू भनिरहेका छन् “हाम्रो दुःख बुझ्ने राजा त बालेन पो रहेछन्, बल्ल देशमा किसानको सरकार आएको आभास भयो।”

जब किसानले आफ्नो मेहनतको फल पाउँछ, तब उसको अन्तरात्माबाट निस्कने आशिर्बादले कुनै पनि सरकारलाई अजेय बनाउँछ। आफ्नो उत्पादन खेर नजाने र उचित मूल्य पाइने सुनिश्चितता भएपछि आज जताततै बालेन सरकारको गुनगान गाइएको सुनिन्छ। साच्चै, किसानको बारीबाट सुरु भएको यो समृद्धिले भोलिको आत्मनिर्भर नेपालको बलियो जग बसाल्ने निश्चित छ। धन्यवाद बालेन सरकार, तपाईं केवल शासक होइन, श्रमजीवी किसानहरूको सच्चा अभिभावक बन्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?